back

भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट

nactional life

काठमाडौं । सरकारले नेपाली तथा भारतीय नागरिकले भारत लैजान र नेपाल भित्र्याउन पाउने नेपाली तथा भारतीय मुद्रासम्बन्धी व्यवस्था स्पष्ट पारेको छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार भारतीय रुपया १०० भन्दा कम दरका बैंक नोट र कुनै पनि दरका नेपाली मुद्रा नेपाली र भारतीय नागरिकले असीमित रूपमा भारत लैजान पाउनेछन् ।तर, सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भई चलनचल्तीमा रहेका भारतीय रुपया २०० र ५०० दरका नोट भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपयासम्म मात्र भारतबाट नेपाल भित्र्याउन तथा नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरिएको छ ।

भारत सरकारले सन् २०१६ नोभेम्बर ९ मा ५०० र १००० दरका भारतीय नोट नचल्ने गरी नोटबन्दी घोषणा गरेको थियो । सोही सन्दर्भमा, सूचनामा नोभेम्बर ९, २०१६ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपया ५०० र १००० दरका नोटको कुनै पनि कारोबार गर्न नपाइने स्पष्ट गरिएको छ ।
नेपाली मुद्राको हकमा नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी र भारतीय मुद्राको हकमा भारतबाहेक अन्य मुलुकमा लैजान वा पठाउन नपाइने व्यवस्था रहेको छ । यद्यपि, कानूनबमोजिम इजाजतपत्रप्राप्त व्यक्ति वा संस्थाबाट विदेशी विनिमय सटही कारोबारमार्फत प्राप्त विदेशी मुद्रा भने नेपालबाट बाहिर लैजान वा पठाउन पाइनेछ ।

त्यस्तै, विदेशी नागरिकले नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी विदेशी मुद्रा लैजान वा पठाउनुपर्ने अवस्थामा नेपाल प्रवेश गर्दा आफूसँग ल्याएको नगद विदेशी मुद्रा भन्सार अधिकृतसमक्ष घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले यस सूचनामार्फत सीमा नाकामा हुने मुद्रा कारोबारलाई व्यवस्थित, पारदर्शी र कानूनसम्मत बनाउने उद्देश्य लिएको जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...