back

महासंघ अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता

nactional life

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अरब इमिरेट्स (यूएई) को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहबीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–यूएई द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत महामहिम तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न भेटमा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका आधारमा साझेदारी अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा महासंघ अध्यक्ष ढकालले नेपालमा उपलब्ध लगानी सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रबीचको सहकार्य सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, ठूला पूर्वाधार तथा सूचना प्रविधि (आईटी) जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्न सकिने उल्लेख गरे ।

अध्यक्ष ढकालले काठमाडौँका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु भए पर्यटन, व्यापार तथा समग्र व्यावसायिक आवागमन विस्तारमा महत्वपूर्ण योगदान पुग्ने पनि बताए । यूएई वित्त मन्त्रालयका सचिव अब्दुल्ला अहमद अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र अवसरहरूप्रति यूएई पक्षले चासो देखाउँदै निजी क्षेत्रबीचको सहकार्य बढाउन सकारात्मक रहेको धारणा व्यक्त गरे ।

भेटका क्रममा दुवै पक्षले सहकार्यलाई अझ गहिरो बनाउँदै आगामी दिनमा ठोस परिणामतर्फ अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, सचिव अल सालेहले सन् २०१८ मा गरेको नेपाल भ्रमणको स्मरण गर्दै नेपाली आतिथ्यता र नेपाली खानाले आफूलाई निकै प्रभावित पारेको प्रतिक्रिया व्यक्त गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको नयाँ घरेलु उपकरण सार्वजनिक

वि.सं.२०८३ असार २ मंगलवार १९:१३

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको...

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...