back

राजनीतिक लक्ष्य प्राप्तीका लागि सरकारले ठेक्का तोड्दैछ : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक लक्ष्य प्राप्तीका लागिमात्र सरकारले ठेक्का तोडेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार महासंघ सेजनले आयोजना गरेको पूर्वाधार आयोजना ठेक्का तोडिनुको कारण र प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उर्जामन्त्री कुलमान घिसिङले राजनीतिक लक्ष्य प्राप्तीका लागि ठेक्का जसरीपनि तोड्ने अभिव्यक्ति दिएको आरोप लगाए ।

उनले भने,‘कुनै निर्माण कम्पनीले काम गर्न सकेन, असक्षम भयो भने ठेक्का अन्त्य हुनुपर्छ । तर ठेक्का अन्त्य गर्दैगर्दा न्यायोचित हुनुपर्छ । कतिपय ठेक्काहरु सम्पन्न गर्न भन्दापनि प्रभावित गर्न निकालिएको हुन्छ ।

राजनीतिक नेतृत्वले आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई आकर्षित गर्नको लागि ठेक्काहरु निकाल्ने प्रवृत्ति छ । जुन प्रवृत्ति मौलाउने बहुवर्षिय योजनाहरुमा न्यून रकम राखेर ठेक्का निकाल्ने प्रवृत्तले हो। अहिलेका मन्त्रीज्यूले जेसुकै होस् म ठेक्का अन्त्य गर्छु भन्नुहुन्छ । एक सय दिन नाघिसकेको सरकार छ । यसको मूल उद्देश्य राजनीतिक लक्ष्य प्राप्ती मात्र हो ।’

त्यस्तै उनले निर्माण उद्योगमा भएको अहिलेको ठेक्का अन्त्य गर्ने परिपाटीले निकास निस्कने अवस्था सृजना नहुने धारणा राखे । मन्त्रीलाई नचिन्ने प्रोजेक्टले निर्माण कम्पनीको प्रतिनिधि सञ्चालकलाई विभिन्न गाली गलौज गरेर आफूलाई प्रचार गरिएको उनको भनाई छ ।

‘उहाँ उपसभापतिको पद सम्हालेर बस्नुभएको छ । पार्टीको नेतृत्वविहीन सरकार, जेनजीको नेतृत्व गर्ने सरकारले कसरी आफ्नै पार्टीको प्रचार गर्ने र हरेक साइडमा गएर मन्त्रीलाई नचिन्ने प्रोजेक्टले निर्माण कम्पनीको प्रतिनिधि सञ्चालकलाई विभिन्न गाली गलौज गर्ने र धर्तीमा पनि रहन पाउँदैन् भन्ने अभिव्यक्ति दिएर आफूलाई प्रचार गर्नुभएको छ । निर्माण उद्योगमा भएको अहिलेको ठेक्का अन्त्य गर्ने परिपाटीले निकास निस्कने अवस्था सृजना हुँदैन्’उनले भने ।

विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको विभिन्न क्षेत्रमा असर परेको मन्त्री मन्त्री घिसिङले रुग्ण ठेक्काहरु तोड्ने प्रतिक्रिया दिएका थिए ।

nactional life
Corporatebazar 11 Anniversary

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पूरा

बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पूरा

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:५०

काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका...

खानेपानी क्षेत्रमा कर, विद्युत महसुल र ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक

खानेपानी क्षेत्रमा कर, विद्युत महसुल र ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:२९

काठमाडौं । खानेपानी क्षेत्रमा लाग्दै आएको कर, विद्युत महसुल तथा...

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:२३

काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन...

१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१६

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० केजीभन्दा...