back

नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो

nactional life

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन १३.८८ अंकले घटेको बजार यसदिन ३.२७ अंकले बढेर २५८४.४९ अंकमा उक्लीएर बन्द भएको छ ।

यसदिन सेन्सेटिभ इन्डेक्स १.५७ अंकले बढेको छ, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ ।

आज कारोबारमा आएका स्कट मध्ये १३४ कम्पनीको स्टकको शेयर मूल्य बढेको छ भने ११७ अंकको शयर मूल्य घटेको छ । त्यसैगरी ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन ३२८ स्टकको ९२ हजार ७४६ पटकको कारोबारमा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँबराबरको ७६ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य सवैभन्दा बढी ७.०१ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.९७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३० करोड ९८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, यस दिन सागर डिष्टिलरीको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ । बाँकी बढेका ६ उपसमूहहरुको वृद्धिदर सामान्य रहेको छ । यस दिन विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ असार २ मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

इरान-अमेरिका ऐतिहासिक शान्ति सम्झौता: विश्वभरका सेयर बजारमा उत्साह, तेलको मूल्यमा भारी गिरावट

वि.सं.२०८३ असार २ मंगलवार ०८:५३

काठमाडौँ । इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा ऐतिहासिक शान्ति सम्झौता भएसँगै...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...