back

साताको अन्तिम कारोबार दिन नेप्से घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले घटेको बजार आजपनि घटेर बन्द भएको हो ।

बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०७ अंकले घटेको छ ।

यस दिन बजारमा कारोबार रकममा पनि गिरावट देखिएको छ । बुधबार ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार ३२६ स्टकको ६९ हजार ७२९ पटकको कारोबारमार्फत ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरका ७७ लाख ६८ हजार कित्ता शेयर मात्रै किनबेच भए ।

बिहीबारको कारोबारमा दुई वटा कम्पनीको स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर यस दिन उच्च वृद्धि दर्ता गर्दै सकारात्मक सर्किटमा कारोबार भएका हुन् ।

यस्तै, ७.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशतभन्दा बढी बढ्यो भने श्रीनगर एग्रीटेकको शेयर मूल्य पनि करिब ६ प्रतिशतले उक्लिएको छ । विपरीत रूपमा, बजारमा उच्च कारोबारमा आएको मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ८.४२ प्रतिशतले घट्दै दिनको सर्वाधिक गिरावटमा पर्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । कम्पनीका १८ करोड ९७ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएका छन् । दोस्रो स्थानमा श्रीनगर एग्रीटेक इन्डस्ट्रीज प¥यो, जसका करिब साढे १२ करोड रुपैयाँबराबरका शेयर किनबेच भए ।

१३ मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहमा गिरावट आएको छ । बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहहरूमा सामान्य सुधार देखिएको छ, जबकि अन्य उपसमूहहरूमा दबाब जारी रह्यो ।

nactional life
Corporatebazar 11 Anniversary

साताको पहिलो कारोबार दिन: झिनो अंकले घट्यो नेप्से परिसूचक

साताको पहिलो कारोबार दिन: झिनो अंकले घट्यो नेप्से परिसूचक

वि.सं.२०८३ जेठ ४ सोमवार १६:०४

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

वि.सं.२०८३ वैशाख ३० बुधवार १५:३३

काठमाडौँ । धितोपत्र बजारमा लगातारको उतारचढावबीच साताको तेस्रो कारोबार दिन...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१६

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर...

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१५

काठमाडौं । याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक...

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

शेयर बजारमा ३९ अंकको पहिरो: २५१ कम्पनीका लगानीकर्ता मारमा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०६

काठमाडौँ । धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार ठूलो...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:००

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि...