back

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सालपा विकास बैंकको आईपीओ जारी

काठमाडौँ । सालपा विकास बैंकले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको छ । बैंकले सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर विदेशमा रहेका नेपालीका लागि जारी गरेको हो ।

बैंकलाई नेपाल धितोपत्र बोर्डले मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता, कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको थियो । जारी हुने शेयर मध्ये ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता कर्मचारीका लागि र १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

विदेशमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा तथा मेरो शेयर प्लेटफर्ममार्फत पनि सम्पन्न गर्न सकिने बैंकले जनाएको छ । बैंकको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले वहन गरेको छ ।

पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासनपछि बैंकले दोस्रो चरणमा आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

gaugauma singhadarbar

नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार

नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार

वि.सं.२०८२ पुस ३० बुधवार १५:५३

काठमाडौं । आज महिनाको अन्तिम दिन बुधबार नेप्से सामान्य अंक...

शेयर बजारका बादशाह अग्रवाल एमालेमा प्रवेश गर्दै

शेयर बजारका बादशाह अग्रवाल एमालेमा प्रवेश गर्दै

वि.सं.२०८२ पुस २९ मंगलवार १९:२१

काठमाडौं । नेपाली शेयर बजारका बादशाह भनेर चिनिने शेयर कारोबारी...

अब जलविद्युतकाे आईपीओ निष्कासनका लागि वर्षौँसम्म सेबोनको ढोका कुरिरहनु नपर्ने, विद्युत् नियमन आयोग र सेबोनबीच ‘एमओयू’ हुँदै

अब जलविद्युतकाे आईपीओ निष्कासनका लागि वर्षौँसम्म सेबोनको ढोका कुरिरहनु नपर्ने, विद्युत् नियमन आयोग र सेबोनबीच ‘एमओयू’ हुँदै

वि.सं.२०८२ पुस २९ मंगलवार १८:४२

काठमाडौं । जलविद्युत् कम्पनीहरूले साधारण शेयर (आईपीओ) निष्कासनका लागि वर्षौँसम्म...

नेप्से ४.९० अंकले बढ्यो, कारोबार रकम करिब ७ अर्ब नजिक

नेप्से ४.९० अंकले बढ्यो, कारोबार रकम करिब ७ अर्ब नजिक

वि.सं.२०८२ पुस २९ मंगलवार १८:३१

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज...

सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन

सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन

वि.सं.२०८२ पुस २९ मंगलवार १३:५६

काठमाडौँ । सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भीक सार्वजनिक...

पाल्पा सिमेन्टको आईपीओमा आजदेखि आवेदन खुला

पाल्पा सिमेन्टको आईपीओमा आजदेखि आवेदन खुला

वि.सं.२०८२ पुस २५ शुक्रवार १२:२०

काठमाण्डौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ)...