back

स्वास्थ्यकर्मीको सम्मानका लागि एक करोड रुपैयाँको पुरस्कार

काठमाडौं । प्रतिष्ठित उद्यमी सुहृद घिमिरेले स्वास्थ्यकर्मीको सम्मानका लागि १ करोड दिने घोषणा गरेका छन् । कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर खटिइरहेका स्वास्थ्यकर्मीको आत्मावल बढाउने उद्देश्यले घिमिरे सम्मान स्वरुप सोही रकम पुरस्कार दिन लागेका हुन् । उनले बारबराफाउन्डेसनमार्फत उक्त पुरस्कारको राशि प्रदान गर्ने छन् ।

नेपालका लागि किया गाडीको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका अध्यक्ष घिमिरे बारबरा फाउन्डेसनका कार्यकारिणी सदस्य पनि हुन् ।
घिमिरे र उनकी सुपुत्री अदितीले व्यक्तिगत तथा पारिवारिक जीवन त्यागेर अहोरात्र मानवीय सेवामा खट्ने स्वास्थ्यकर्मीको मानवताप्रतिको समर्पण भावको सम्मानका लागि पुरस्कार राशी प्रदान गर्न लागेको डा. रुइतले जनाएका छन् ।
फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले बारबरा फाउन्डेसनले गत वर्ष पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत अग्रपंक्तिमा खटिएका व्यक्तिलाई विशेष सम्मान गरेको स्मरण गर्दै यस वर्ष स्वास्थ्यकर्मी वा संस्थालाई सम्मान गर्न लागेको जानकारी गराएका छन् । फाउन्डेसनले हामी नेपाल समूहका संकटका सारथी युवासँग मिलेर निरन्तर काम गरिरहेको पनि जानकारी गराएका छन् ।
फाउन्डेसनले पुरस्कृत गर्ने अग्रपंक्तिका स्वास्थ्यकर्मी वा संस्था छनोट गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा लोचन कार्कीलगायत रहेको एक निर्णायक समिति गठन गरेको छ । समितिले देशका सरकारी, सामुदायिक वा गैरनाफामूलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मीमध्येबाट ५० देखि १०० जनासम्म छनोट गर्ने र उनीहरुलाई दामासाहीले पुरस्कार राशी प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।

२०७८ जेठ १८ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख १९ शनिवार १८:३५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...