back

खानेतेलमा ऐतिहासिक मूल्यवृद्धि, संघ भन्छ ‘कच्चा पदार्थमा भएको मुल्यवृद्धिको प्रभाव हो ’

काठमाडौँ । नेपालमा पछिल्लो समय खानेतेलको मूल्य अनपेक्षीत रुपमा बढेको छ । नेपाल वनस्पति घ्यू–तेल उत्पादक संघले नेपाली बजारमा प्रशोधित खाने तेलमा भएको अन्तर्राष्ट्रिय बजारमा परिवर्तित कच्चा पदार्थको मूल्यअनुसार मूल्यवृद्धि भएको जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय बजारमा दिनहुँ भइरहेको कच्चा पदार्थको मूल्यवृद्धिकै कारण प्रशोधित खाने तेलमा हालको मूल्यवृद्धि गरिएको संघको दाबि छ । साथै संघले विभिन्न सञ्चार माध्यमहरुले कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि भएको समाचार सप्रेशण गरेकोमा समेत आपत्ति जनाएको छ ।

यद्यपी संघले नै हालको मूल्य ऐतिहासीक मूल्यवृद्धि भएको जनाएको छ । विगत करिब १६ महिनादेखि नै विश्वमा फैलिएको कोरोना महामारी तथा अन्य अन्य कारणले गर्दा खाने तेलको मूल्यमा समेत अस्भाभाविक रुपमा वृद्धि हुन गएको संघको दाबि छ। ‘जुन हालसम्मकै ऐतिहासिक मूल्यृवद्धि नै हो’, विज्ञप्तिमा भनिएको छ।

हाल संघमा २० वटा प्रशोधित खानेतल उत्पादन गर्ने उद्योगहरुले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाबिन तेल, सनफ्लावर तेल आदि उत्पादन गरी स्थानीय बजारका साथै निकासी समेत गर्दै आएको संघले जनाएको छ। अहिले विषम परिस्थितमा पनि न्यून जनशक्तिबाट यथासम्भव उद्योग नियमित सञ्चालन गरी आपूर्ति व्यवस्थालाई सुचारु राख्ने प्रतिबद्धता पनि संघले गरको छ।

२०७८ जेठ १८ गते प्रकाशित


बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...