back

बुढानीलकण्ठ नगरपालिकाको शैली : राम्रो गर्नेलाई पुरस्कार, गलत गर्नेलाई दण्ड

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको १२ औं स्थापना दिवस मनाइएको छ । मंगलबार नगरपालिकाको प्राङ्गण, हात्तीगाँडामा भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रमलार्ई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले बुढानिलकण्ड नगरपालिकालाई उत्कृष्ट बनाउनका लागि काम गरिरहेको बताए ।

विकास निर्माणका सवालमा स्थानीयले चित्त बुझाउने गरी काम गरिरहेको दाबी अधिकारीको छ । विकास निर्माणमा नतिजा दिने निर्माण कम्पनीलाई सम्मान र गलत गर्नेलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ । कालो सूचिमा पर्ने गरी काम नगर्न उनले व्यवसायीलाई सुझाब पनि दिए ।
७८ सालदेखि सुरु गरेका कतिपय काम अझै सुरु भएको छैन । त्यस्ता निर्माण कम्पनीलाई कारबाही नगरे कसलाई गर्ने ? अधिकारीले प्रश्न गरे । राम्रो काम गर्ने कर्मचारी र उपभोक्ता समितिलाई सम्मान गर्ने गरिएको जानकारी दिए । त्यसैगरी उत्कृष्ट करदातालाई पनि प्रोत्साहनका लागि सम्मान गर्ने गरेको बताए ।

नगर प्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकूद क्षेत्रमा एकपछि अर्को काम गर्दै आएको जानकारी दिए । शिक्षा क्षेत्रको बजेट १ करोडबाट बढाएर ७ करोड हुँदै १३ करोडसम्म पुर्याएको उनले बताए । नगरपालिकाकाले प्रत्येक दिन १० हजार विद्यार्थीलाई दिवा खाजा खुवाउने गरेको उनले जानकारी दिए ।

“संघ सरकारले ५ कक्षासम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गरेको छ । हामीले थपेर १० कक्षासम्मकै विद्यार्थीलाई खाजाको व्यवस्था गरेका छौँ । हप्ताको ६ दिनमा ६ प्रकारका फरक फरक खाजा खुवाउने गरेका छौँ ।” उनले भने ।

सामुदायिक विद्यालयले एसइइमा जिपिए ४ ल्याएमा ५ लाख र विद्यार्थीलाई १ लाख पुरस्कार दिने गरिएको अधिकारीले जानकारी दिए । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सबै पालिका एकजुट भएर काम गर्नुपर्ने उनको सुझाब छ ।

नगरपालिकाले बनाएको नगर अस्पतालले नागरिकलाई ठूलो राहत दिएको उनले जानकारी दिए । दैनिक ३ सयभन्दा धेरै विरामीले उपचार सेवा पाइरहेको उनको भनाइ छ । बुढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचिमा समावेश गर्नका लागि युनेस्कोसँग पहल गरिरहेको उनले जानकारी दिए । त्यसैगरी अधिग्रहण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउने काममा पनि सक्रिय भएको उनको भनाइ छ ।

वृहत्तर बुढानिलकण्ठ बनाउने अभियानअनुसार काम गरिरहेको उनले जानकारी दिए । संघ सरकारले पनि स्थानीय सरकारलाई जति साथ दिनुपर्ने त्यति नदिएको अधिकारीले गुनासो गरे । “कुनै पनि प्रमुखसँग के छ हालखबर भनेर सोधिएको छैन । जेनजी आन्दोलनपछि के कस्ता समस्या छन् भनेर कसैले चासो रोखको छैन ।” अधिकारीले भने ।

उपप्रमुख अनिता लामाले जनताले पाउने सेवालाई परिणामुखी बनाउन कर्मचारी संयन्त्रले राम्रो काम गर्दै आएको बताइन् । नगरपालिकाले शिक्षामा कायापलट गरेको दाबी गर्दै लामाले गुणस्तरीय शिक्षाका लागि बुढानीलकण्ठ नै जानुपर्छ भन्ने मान्यता स्थापित भएको दाबी गरिन् ।

१ सय १० वटा कानुन बनाएर न्यायिक समितिले काम गरिरहेको जानकारी उनले दिइन् । जेनजी पुस्ताको माग र भावनालाई सम्बोधन गर्ने गरी काम गरिरहेको उपप्रमुख लामाको भनाइ छ ।

प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले नगरको विकास, सुशासन र सेवा प्रवाहमा बुढानीलकण्ठ नगरपालिकाले देखाएको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्य गर्न सरकार सधैँ साथमा रहने उल्लेख गरे ।
“बुढानीलकण्ठको मुहार फेर्ने गरी हामी अघि बढिरहेका छौँ । नागरिकलाई उत्पादनसँग जोड्दै रोजगारी सृजना गर्नुपर्ने छ ।” थापाले भने । उनले पर्यटकीय गन्तव्यका रुपमा यो क्षेत्रलाई अघि बढाउन गुरुयोजना बनाउनुपर्ने उनले बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, राष्ट्रिय स्वतन्त्र पार्टी बुढानीलकण्ठ नगर कमिटी कार्यवाहक सभापति राधा शाह, नेपाली कम्प्युनिष्ट पार्टीका बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष भाइ नारायण श्रेष्ठ, नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदीप डंगोलले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख मिठाराम अधिकारीले गरेका थिए भने प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा थिए ।

राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटी, जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख शान्ति पाण्डे, नगर उपप्रमुख अनिता लामा, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।

साइकल ¥यालीमा समन्वय गर्ने संस्थाहरूलाई प्रमाणपत्र, करदाता, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा विभिन्न संघ–संस्थालाई सम्मान, नृत्यमा सहभागी विद्यालयहरूलाई प्रमाणपत्र वितरण, तथा नगरपालिकामा उत्कृष्ट सेवा दिने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । साथै जुगल नवगुरुकुलका कक्षा ७ का विद्यार्थीबाट आकर्षक गजल प्रस्तुति समेत गरिएको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:४६

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १...

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५३

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा...

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:००

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार...

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:३७

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकाले सीमित स्रोतसाधनकाबीच स्थानीय सरकार नागरिकको...