back
himalayan life

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १३।५२ अंक घटेर २६३१।१७ विन्दुमा झरेको हो । यस दिन यसदिन सेन्सेटिभ इण्डेक्स ३।०३ अंक, फ्लोट इण्डेक्स १।०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।०४ अंक घटेका छन् ।
यद्यपि, बजारको कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको ४ अर्ब ४८ करोड रुपैयाँको तुलनामा यस दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन ३३२ स्टकको ६७ हजार ४८५ पटक कारोबार भएको थियो ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, मिथिला लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजका शेयरहरू सकारात्मक सर्किटमा पुगेका हुन् । त्यस्तै, ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य ७ प्रतिशत बढेको छ भने बुङ्गल हाइड्रोको शेयरमूल्य पनि करिब ६।५ प्रतिशतले वृद्धि भएको छ ।

यस दिनको कारोबारमा धेरै स्टकहरूको मूल्य गिरावट भने ३ प्रतिशतभन्दा कम रहेको छ । कारोबार रकमका आधारमा बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सबैभन्दा बढी किनबेच भएको छ, जसको कुल कारोबार रकम १८ करोड ४९ लाख ७६ हजार रुपैयाँ रहेको छ। हिमालयन रि इन्स्योरेन्सको १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहमाको परिसूचकमा वृद्धि भएको छ भने ९ उपसमूहमाको परिसूचक घटेको छ । वित्त उपसमूहमाको परिसूचक सर्वाधिक १।५९ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहका परिसूचक पनि सामान्य रुपमा बढेका छन् ।

विपरीत, जीवन बीमा उपसमूहमाको परिसूचक १।१८ प्रतिशत घटेको छ । यस दिनको बजार नतिजाले आगामी दिनको कारोबारका लागि बजारको उतारचढावमा के कस्तो असर पार्ने देख्न सकिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...