back

व्यवसायिक कारोबारमा व्यक्तिगत क्यूआर प्रयोग नगर्नुहोस् : नेपाल राष्ट्र बैंक

काठमाडाैं। नेपाल राष्ट्र बैंकले व्यवसायिक कारोबारका लागि व्यक्तिगत क्यूआर कोडमार्फत भुक्तानी लिने प्रवृत्ति गैरकानुनी भएको भन्दै यसको फाइदा–बेफाइदाबारे सार्वजनिक रूपमा सचेतना जारी गरेको छ।

बैंकले आज जारी गरेको चेतनामूलक सूचनामा व्यवसायिक र व्यक्तिगत क्यूआर प्रयोग गर्दा हुने प्रभावबारे जनतालाई अवगत गराइएको छ।

राष्ट्र बैंकका अनुसार व्यावसायिक क्यूआर कोड प्रयोग गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने, भुक्तानी रकम सीधै व्यापारीको बैंक खातामा जम्मा हुने, कारोबार प्रमाणित र सुरक्षित रहने तथा कर प्रणालीमा पारदर्शिता कायम रहने उल्लेख गरिएको छ। यसले अनलाइन कारोबारलाई प्रवर्द्धन गर्ने र राष्ट्रको आर्थिक विकासमा समेत योगदान पुर्‍याउने बैंकको भनाइ छ।

तर, व्यक्तिगत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भने अतिरिक्त शुल्क लाग्ने, रकम व्यक्तिगत खातामा जाने र कारोबार अनौपचारिक क्षेत्रमा प्रवाह हुन सक्ने जोखिम बैंकले बताएको छ। यसले कर छल्ने सम्भावना बढाउने र वित्तीय प्रणालीमा पारदर्शिता कमजोर बनाउने चेतावनी राष्ट्र बैंकले दिएको छ।

बैंकले व्यवसायिक प्रयोजनका लागि अनिवार्य रूपमा व्यावसायिक क्यूआर प्रयोग गर्न सबै व्यापारी तथा सेवा प्रदायकलाई आग्रह गर्दै उपभोक्तालाई पनि भुक्तानी गर्दा क्यूआरको प्रकार पहिचान गर्न सुझाव दिएको छ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक कोष व्यवस्थापन अन्तर्गत...

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०१

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र...

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई...

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०३

काठमाडौं । नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ...