back
himalayan life

कर्जा सुरक्षण कोष र फरवार्ड लघुवित्तबीच सम्झौता

विराटनगर । कर्जा सुरक्षण कोष र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ अनुसार कर्जा सुरक्षणसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ।

सुनसरीको दुहवीमा आयोजित कार्यक्रममार्फत २०८२ मंसिर १२ गते दुबै संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा फरवार्ड लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख तथा शाखा कार्यालयका कर्मचारीहरू तथा कोषका विभागीय प्रबन्धकहरू उपस्थित थिए।

यस सम्झौतापछी फरवार्ड लघुवित्तले प्रवाह गरेका कर्जामा अब विशेष सुरक्षण सुविधा लागू हुनेछ। कोषका अनुसार ‘विलफुल डिफल्ट’ का घटनामा ७५ प्रतिशतसम्म, र ऋणी वा पति/पत्नीको मृत्यु, अशक्तता तथा परीयोजना नष्टजस्ता परिस्थितिजन्य कारणले कर्जा असुल नहुने अवस्थामा १०० प्रतिशत दाबी भुक्तानी कोषले गर्नेछ।

योजनामा सहभागी हुने फारवार्ड लघुवित्तले नियमित ०.४ प्रतिशत वार्षिक सुरक्षण शुल्कमा थप ०.१५ प्रतिशतसहित ०.५५ प्रतिशत शुल्क तिर्नुपर्ने व्यवस्था छ। यसका माध्यमबाट विपन्न वर्गका व्यक्तिलाई साना तथा लघु उद्यम सञ्चालनका लागि प्रदान गरिने कर्जा पूर्णरूपमा सुरक्षित हुनेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...