back
himalayan life

किड्जी प्रि-स्कुलमा ‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहित वाकाथन कार्यक्रम

काठमाडौं । ललितपुरको भैँसेपाटीमा रहेको किड्जी प्रि–स्कुलले ‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ भन्ने नारासहित स्वस्थ र सक्रिय बाल्यकाल प्रवद्र्धन गर्न वाकाथन कार्यक्रम आयोजना गरेको छ ।

भैँसेपाटी चोकदेखि नयाँ बजारसम्म गरिएको उक्त वाकाथनमा स्कुलका बालबालिकाहरू, अभिभावक र शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।उक्त कार्यक्रमले बालबालिकालाई सक्रिय बनाउने, स्वस्थ जीवनशैली सिकाउने र बढी देखिने स्क्रिन प्रयोगलाई घटाउने उद्देश्य लिएको थियो ।

बढ्दो डिजिटल प्रयोगको अवस्थालाई न्यूनीकरण गर्न र बालबालिकाको स्वास्थ्यलाई थप सहयोग पु¥याउने उद्देश्यका साथ उक्त ¥यालीको आयोजना गरिएको विद्यालयकी को–अर्डिनेटर सागरिका भण्डारीले बताइन् ।उनले सहभागीलाई सम्बोधन गर्दै, वाकाथनको मुख्य उद्देश्य बालबालिकाको समग्र विकास, स्वास्थ्य सहयोग, शारीरिक सक्रियता तथा स्क्रिन समय कटौती रहेको बताइन्।

बालमैत्री, सुरक्षित र सकारात्मक वातावरण सिर्जना गर्नु पहिलो प्राथमिकता भएको भन्दै उनले यस किसिमका गतिविधिले बालबालिकालाई आत्मविश्वासी, सामाजिक र सक्षम बनाउन सहयोग गर्नेमा जोड दिइन् ।

प्रि-स्कुलले गरेको उक्त कार्यक्रमलाई अभिभावकहरुले प्रशंसा गर्दै बालबालिकाको दिनचर्यालाई पुनर्विचार गर्न प्रोत्साहित गरेको बताइन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...