back
himalayan life

आईपीओ निष्काशन गर्दै सप्तकोशी सिमेन्ट, बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । “पूर्वको गौरव” भनी चिनिने “सप्तकोशी सिमेन्ट” को उत्पादक कम्पनी सप्तकोशी सिमेन्ट लिमिटेडले प्राथमिक शेयर निष्कासन ( आईपीओ) गर्ने तयारी गरेको छ ।

यसका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले रु. १०० दरका जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।यस सम्बन्धमा मिति २०८२ मंसिर १० गते काठमाडौं त्रिपुरेश्वर स्थित सप्तकोशी सिमेन्टको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा सप्तकोशी सिमेन्टका तर्फबाट अध्यक्ष श्रीमती मोना जालान तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरे ।

सप्तकोशी सिमेन्ट लिमिटेड एक उच्च स्तरिय सिमेन्ट उत्पादक कम्पनी हो जसको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पिपिसी तथा ४३ र ५३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

नेपालको सिमेन्ट बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एचआर गोयल समूहद्वारा प्रवर्धित यस कम्पनीले सन् २०१९ मा व्यवशायिक उत्पादन सुरु गरेदेखि हाल सम्म निरन्तर संचालन नाफा कायम राख्न सफल रहेको छ ।

पूर्वी नेपालमा करिब २० प्रतिशत बजार हिस्सा ओगटेको यस कम्पनीले अन्य क्षेत्रिय प्रतिस्पर्धीहरु माझ निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

विभिन्न समसामयिक चूनौतीहरू संग मुकाबला गर्दै आर्थिक वर्ष २०८१÷८२ मा कम्पनीले गत वर्षको तुलनामा २७ प्रतिशत बढि बिक्री लक्ष्य हासिल गर्न सफल भएको छ ।

साथै आ.व. २०८१÷८२ को मुनाफाबाट कम्पनीले १२ प्रतिशत बोनस शेयर समेत जारी गरेको छ । प्रस्तावित आईपिओ बाट उठ्ने पूँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना गर्न तथा हाल संचालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग गरिनेछ । यसले उत्पादन प्रकृयामा एकीकृतता ल्याई कम्पनीको प्रतिस्पर्धात्मक क्षमता, वित्तिय प्रदर्शन र दिर्घकालिन वृद्धिलाई थप बलियो बनाउने छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार ८ सोमवार १०:४५

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...