back

राष्ट्र बैंककाे तथ्यांक : नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंककाे तथ्यांकमा निर्यात व्यापार बढेको देखिएको हो।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने नेपालको निर्यात व्यापारमा ६.१ प्रतिशतले कमी आएको थियो। गन्तव्य मुलुकका आधारमा भारत तर्फको निर्यात १३७.९ प्रतिशत र अन्य तेस्रो मुलुकतर्फको निर्यात ३.८ प्रतिशत बढेको छ भने चीनतर्फको निर्यात ६६.१ प्रतिशतले घटेको छ।

वस्तुगत रूपमा हेर्दा भटमासको तेल, पाम तेल, जुटका उत्पादन, अलैंची, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात उल्लेखनीय रूपमा बढेको छ। त्यसैगरी जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र पिनालगायतका वस्तुको निर्यात भने घटेको देखिएको छ।

यही अवधिमा कुल वस्तु आयात १९.८ प्रतिशतले बढेर ४६८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ४.२ प्रतिशतले घटेको थियो। मुलुकगत आधारमा भारतबाटको आयात ७.५ प्रतिशत, चीनबाटको ३३.४ प्रतिशत तथा अन्य मुलुकबाटको आयात ४६.५ प्रतिशत वृद्धि भएको छ।

वस्तु आयाततर्फ भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायात उपकरण, मोटर सवारी तथा स्पेयर पाट्र्स, दूरसञ्चार उपकरण आदिको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन र पेट्रोलियम पदार्थको आयात घटेको छ।

निर्यातभन्दा आयातको वृद्धि दर उच्च रहेकाले कुल व्यापार घाटा १२.२ प्रतिशतले बढेर ३९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ४.० प्रतिशतले घटेको थियो।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक कोष व्यवस्थापन अन्तर्गत...

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०१

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र...

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई...

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०३

काठमाडौं । नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ...