back
himalayan life

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार (कात्तिक २५ गते) ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे। कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले सो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणालीलाई पूर्ण रूपमा अटोमेसनमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले बीमकहरूका लगानी सम्बन्धी प्रक्रियालाई छिटो, छरितो र त्रुटिरहित बनाई बीमा नियमन तथा निरीक्षण कार्यलाई थप दक्ष र पारदर्शी बनाउन समेत यसबाट सहयोग पुग्ने बताए। ए.पी.आई. इन्टिग्रेशन अन्तर्गत बीमकहरूले मुद्दती निक्षेपमा गर्ने लगानीको एयरमार्क व्यवस्थापनलाई प्रविधि मार्फत सहज, सुरक्षित र विश्वसनीय बनाइनेछ।

यस प्रणालीले प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक रिक्वेस्टहरूलाई स्वतः प्रमाणीकरण गरी सही विवरण भएको रिक्वेस्ट मात्र स्वीकृत गर्नेछ भने त्रुटिपूर्ण विवरण भएमा प्रणालीले त्यसलाई एयरमार्क प्लेटफर्म मार्फत बीमकलाई स्वचालित रूपमा फिर्ता पठाउनेछ। यस इन्टिग्रेशनका लागि नबिल बैंकको तर्फबाट विशेष मिडिलवेयर विकास गरिएको छ, जसले बीमकहरूबाट प्राधिकरण हुँदै प्राप्त मुद्दती निक्षेप सम्बन्धी विवरणलाई बैंकको कोर बैंकिङ्ग प्रणालीमा प्रत्यक्ष पहुँच प्रदान गर्दछ। यस प्रणालीले सही विवरण मात्र स्वीकार गर्ने र त्रुटिपूर्ण विवरणलाई अस्वीकार गर्ने प्रक्रिया स्वचालित रूपमा कार्यान्वयन गर्नेछ।

यो सम्झौता नेपाल बीमा प्राधिकरणको डिजिटल ट्रान्सफर्मेशन र प्रविधिमैत्री नियमनको दिशामा अर्को महत्वपूर्ण कदम हो, जसले बीमा क्षेत्रको दक्षता, पारदर्शिता र समय–उपयुक्त सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिना, उपनिर्देशक राजेन्द्र महर्जन तथा उपनिर्देशक रविन्द्र श्रेष्ठ र नबिल बैंकका होलसेल लायबिलिटी प्रमुख लक्ष्मी लामिछाने ढकाल लगायतको उपस्थिति रहेको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ असार ३ बुधवार १३:५५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...