सुनको मूल्य घट्यो, चाँदी बढ्यो
वि.सं.२०८२ कात्तिक २६ बुधवार
काठमाडौं ।बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हाे ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । आज बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य निरन्तर बढेको छ ।
प्रकाशित समय : १०:५७ बजे





















