घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८२ कात्तिक १९ बुधवार
काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ घटेको छ । उक्त दिन सुनको भाउ तोलाको ११ सय रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुन २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदी २५ रुपैयाँले घटेको छ । आज चाँदी २ हजार ९९० रुपैयाँ कायम भएको छ ।
प्रकाशित समय : ११:४२ बजे






















