back

ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच व्यापार र दुर्लभ खनिज सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच मंगलबार दुईवटा महत्वपूर्ण द्विपक्षीय सम्झौता सम्पन्न भएको छन् । एक सम्झौता व्यापारसँग सम्बन्धित छ भने अर्को दुर्लभ र महत्वपूर्ण खनिजको आपूर्ति सुदृढ गर्न केन्द्रित छ ।

पहिलो सम्झौतामा ‘अमेरिका–जापान गठबन्धनको नयाँ सुनौलो युग’को घोषणा गरिएको छ । यस सम्झौताअनुसार जापानी लगानीकर्ताले अमेरिकामा करिब ५५० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन् । बदलामा अमेरिकी पक्षले जापानी निर्यातमा १५ प्रतिशत कर लागू गर्ने व्यवस्था गरेको छ ।

दोस्रो सम्झौताले दुर्लभ र महत्वपूर्ण खनिजको खानी र प्रशोधन क्षेत्रमा सहकार्य बढाउने ढाँचा तयार गरेको छ । यो सम्झौताको उद्देश्य अत्यावश्यक सामग्रीको आपूर्ति शृंखलालाई मजबुत बनाउँदै इलेक्ट्रोनिक्स र प्रविधि उत्पादनमा आवश्यक कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्नु हो ।

यी सम्झौताहरू सोमबार टोकियोको आकासाका प्यालेसमा भएको ट्रम्प र ताकाइचीबीचको द्विपक्षीय बैठकपछि हस्ताक्षर गरिएको हो । उक्त बैठकले दुवै देशबीचको रणनीतिक र आर्थिक साझेदारीलाई थप बलियो बनाएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री ताकाइचीले भेटपछि भनिन्, ‘हामी अमेरिका–जापान सम्बन्धलाई नयाँ सुनौलो युगतर्फ लैजानेछौ । यो संसारकै महानतम् गठबन्धन हो ।’

उनले पश्चिम एसियामा शान्ति प्रवद्र्धन र थाइल्यान्ड–क्याम्बोडियाबीचको विवाद समाधानमा ट्रम्पको भूमिकाको पनि प्रशंसा गर्दै ‘अभूतपूर्व ऐतिहासिक उपलब्धि’ भनेकी छन् ।

सम्झौता हस्ताक्षरपछि आकासाका प्यालेसमा स्वागत समारोह आयोजित गरिएको थियो, जहाँ ट्रम्प र ताकाइचीले सम्मान गार्ड अवलोकन गर्दै अधिकारीहरूसँग भेटघाट गरेका थिए । समारोहले वाशिङ्टन र टोकियोबीच बढ्दो मित्रता र सहकार्यलाई प्रतीकात्मक रूपमा झल्काएको थियो ।

कार्यक्रममा अमेरिकी विदेश मन्त्री मार्को रुबियो, कोष मन्त्री स्कट बेसन्ट, वाणिज्य मन्त्री हावर्ड लुटनिक, अमेरिकी व्यापार प्रतिनिधि, र ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेभिट पनि सहभागी थिए ।

ट्रम्पको जापान भ्रमण उनले सोमबार सम्राट नारुहितोसँग गरेको भेटपछि सुरु भएको हो । सो अवसरमा उनले सम्राटलाई ‘महान व्यक्ति’ भन्दै सम्मान व्यक्त गरेका थिए । ट्रम्पको यो भ्रमण पाँच दिने एसियाली दौरा अन्तर्गतको दोस्रो गन्तव्य हो । यसअघि उनले मलेसियामा सम्पन्न ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी हुँदै क्याम्बोडिया–थाइल्यान्ड शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । एएनआई

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...