back

वाणिज्य बैंकको दुई महिनाको नाफा १६ अर्ब ५९ करोड, कुन बैंकको नाफा कति ?

अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशतले घटेको हो ।

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा २० वटा वाणिज्य बैंकले कुल १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.२ प्रतिशतले घटेको हो । गत वर्षको भदौ मसान्तसम्म बैंकहरूले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। राष्ट्र बैंकका अनुसार दुई महिनामा १० वटा बैंकको नाफा घटेको छ भने १० वटाको बढेको छ। समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा बढेको बैंकमा क्रमशः सिद्धार्थ बैंक, एमएबी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् । बैंकहरुको नाफा अधिकतम ४० प्रतिशतसम्म बढेको तथ्यांकमा देखिएको छ । त्यस्तै नाफा धेरै घटेको बैंकहरुमा क्रमशः हिमालयन बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, प्रभु बैंक र नबिल बैंक रहेका छन् । यी बैंकहरुको नाफा अधिकतम ६८ प्रतिशतसम्म घटेको छ ।

नाफा रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकले दुई महिनामा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.९७ प्रतिशतले बढी हो। गत आवको भदौ मसान्तमा बैंकको नाफा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ थियो।

दोस्रो स्थानमा नबिल बैंक रहेको छ। नबिलले साउन–भदौ महिनामा १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ तर यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०.०९ प्रतिशतले घटेको छ।

तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ, जसले दुई महिनामा १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ। तर बैंकको नाफा गत आवको तुलनामा १०.५१ प्रतिशतले घटेको छ।

त्यसैगरी चौथो स्थानमा रहेको कुमारी बैंकले १ अर्ब ५ करोड ६८ लाख, पाँचौँ स्थानमा रहेको प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख र छैटौँ स्थानमा रहेको एनएमबि बैंकले १ अर्ब ३ करोड ९ लाख, सातौ स्थानमा रहेको लक्ष्मी सनराइज बैंकले ९७ करोड ४१ लाख, आठौंं स्थानमा रहेको एभरेष्ट बैंकले ९१ करोड २८ लाख, नवौं स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ५८ लाख र दशौं स्थानको सिद्धार्थ बैंकले ८४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

कुमारी बैंकको नाफा २.६० प्रतिशत घटेको छ। प्राइम बैंकको नाफा ७.३९ प्रतिशत र एनएमबिको नाफा ३२.१४ प्रतिशतले बढेको देखिन्छ। लक्ष्मी सनराइज बैंकको नाफा १२.६७ प्रतिशत र एभरेष्ट बैंकको १०.५७ प्रतिशत नाफा बढेको छ ।

सिद्धार्थ बैंकको नाफा वृद्धिदर सबैभन्दा उच्च रहेको छ। बैंकले दुई महिनामा ८४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४०.१७ प्रतिशतले बढी हो। नेपाल बैंकले २४.२७ प्रतिशतले नाफा बढाएर ८४ करोड २८ लाख रुपैयाँ पुर्याएको छ।

लक्ष्मी सनराइज बैंकको नाफा पनि उल्लेख्य रूपमा बढेको छ। बैंकले १२.६६ प्रतिशतले वृद्धि गर्दै ९७ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ। एभरेष्ट बैंकको नाफा १०.५७ प्रतिशतले बढेर ९१ करोड २८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै माछापुच्छ्र् बैंकको नाफा २.७९ प्रतिशत वृद्धि भइ ४८ करोड १९ लाख रुपैयाँ, सानिमा बैंकको ४.६८ प्रतिशत बढेर ७२ करोड १५ लाख र राष्ट्रिय वाणिज्य बैंकको ०.६३ प्रतिशत वृद्धि भई ८८ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

हिमालयन बैंकको नाफा सबैभन्दा धेरै घटेको छ। बैंकको नाफा ६८.२६ प्रतिशतले घटेर ३७ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ।

नेपाल एसबीआई बैंकको नाफा पनि ३३.५९ प्रतिशतले घटेर ३५ करोड ४५ लाख रुपैयाँमा झरेको छ।

कृषि विकास बैंकको नाफा ३३.५० प्रतिशत घट्दै ५८ करोड ९८ लाख, प्रभू बैंकको २५.९७ प्रतिशत घट्दै ६७ करोड ६० लाख, एनआइसी एसियाको १४.२६ प्रतिशत घट्दै ४९ करोड ५१ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२.२१ प्रतिशत घट्दै ५३ करोड २२ लाख र सिटिजन्स बैंकको ५.६० प्रतिशत घट्दै ५३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...