back
Naima

असोज ३ गते देखि महेश्वरीमा दोश्रो भक्तपुर दशैं सस्तो व्यापार मेला हुने

भक्तपुर । असोज ३ गते शुक्रबारदेखि भक्तपुरको महेश्वरी खेल मैदानमा दोश्रो भक्तपुर दशैं सस्तो व्यापार मेला–२०८२ हुने भएको छ । बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गरी औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले नेपालीहरुको महान पर्व बडादशैं तथा नगरकोट भ्रमण वर्ष २०८२ को पावन अवसरमा मेला गर्न लागेको आयोजकले बताएको छ ।

भक्तपुर दशैं सस्तो व्यापार मेला–२०८२ असोज ३ गते देखि असोज १९ गते सम्म भक्तपुर नगरपालिका वडा नं.  ७ मा रहेको महेश्वरी फुटबल मैदान हनुमानघाटमा हुने भएको छ । भक्तपुर नगरपालिका भक्तपुर जिल्लाकै ऐतिहासिका सास्कृतिक एवम पर्यटकीय क्षेत्र हो । यस नगरपालिकाको महेश्वरी फटबल मैदानमा व्यापार मेला २०८२ को आयोजना गर्न लागिएको हो ।

मेलाका लागि आवश्यक प्रक्रिया पुरा परी सकिएको र तत्कालै स्टल निर्माण र अन्य निर्माण लगायत अन्य कार्यको तयारीमा जुटेको संयोजक संगम लामाले बताए । व्यापर मेलामा ५० भन्दा बढी स्टलहरु राखिने छन् भने स्टलको साइज अनुसार न्युन शुल्कमा स्थानिय व्यापारीहरुलाई स्टल उपलब्ध गराउने भएको छ ।

आयोजकका अनुसार मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक सामाग्रीहरु, विभिन्न प्रकारमा लत्ताकपडाहरु, खाद्यान्न, अटोमोवाइल, जुत्ताहरु तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको सामानहरु विशेष छुटको व्यवस्था हुने भएको छ । मनोरज्जनका लागि महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, बाटर बल्ब, मिकी माउस, टेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुका हास्यव्यङग्य तथा गीत गायनको बेजोड प्रस्तृत प्रत्येक दिन रहने छ ।

महोत्सव मेलालाई व्यवस्थित बनाउन विद्यार्थीहरुका लागि रु ५० र सर्वसाधारणका लागि रु ७० प्रवेश शुल्कको व्यवस्था गरिएको व्यवस्थापक बलराम श्रेष्ठले बताए । बृद्धवृद्धाहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएका उनले जनाए । मेलाको क्रममा शनिवार विशेष सांस्कृतिक कार्यक्रम छ ।
साथै आयोजकका अनुसार केडी थ्री डान्स कल्चर एकेडेमी प्रा। लि। भक्तपुरको विशेष प्रस्तुति रहने छ । आयोजकका अनुसार मेलाको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबाट हुने भएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...