back
skip this gaugauma singhadarbar

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप

काठमाडौं । फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले मुख्य प्रायोजको रुपमा के.एल. दुगड ग्रुपसँग सम्झौता गरेको छ । एभरेस्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि नेपालको प्रतिष्ठित व्यापारिक समूह के.एल.दुगड ग्रुपको ज्ञान ब्रान्डलाई आफ्नो आधिकारिक मुख्य प्रायोजकको रुपमा अनुबन्ध गरेको हो ।

मुख्य प्रायोजकको रुपमा के.एल. दुगड ग्रुपसँगको सहकार्यले लुम्बिनी लाभाज टोलीलाई थप प्रोत्साहन र ऊर्जा प्रदान गरेको क्लबले जनाएको छ । नेपालमा खाद्यान्न उत्पादन र वितरणको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको के.एल. दुगड ग्रुपको ज्ञान जस्तो बलियो ब्रान्डसँगको साझेदारीले नेपाली महिला खेलाडीको सशक्तीकरण र खेलको विकासमा ठूलो सहयोग पुग्ने विश्वास टिम व्यवस्थापनले लिएको छ । सम्झौतासँगै अब टिमको जर्सी, मिडिया र सामाजिक सञ्जालमा के.एल. दुगड ग्रुपको ज्ञानलाई लुम्बिनी लाभाजको मुख्य प्रायोजकको रुपमा उल्लेख गरिनेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा के.एल. दुगड ग्रुपका कार्यकारी निर्देशक भावीका दुगडले नेपाली खेलकुदलाई सहयोग गर्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताइन् । उनले महिला खेलाडीहरूलाई अगाडी बढाउन र उनीहरूको प्रतिभालाई सम्मान गर्न आफ्नो समूह सधैं तयार रहेको उल्लेख गरिन् ।

लुम्बिनी लाभाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको सशक्त संयोजनमा प्रतियोगिताका लागि बलियो टिम तयार गरेको छ । के.एल. दुगड ग्रुपको साथ र सहयोगले टोलीको मनोबल अझै उच्च बनेको छ, जसको प्रभाव टिमको उत्कृष्ट खेल प्रदर्शनमा देखिने विश्वास लुम्बिनी लाभाजका टिम व्यवस्थापनले जनाएको छ । इन्फिनिटी ड्रिम्स प्रा.लि.को आयोजनामा पोखरामा हुन लागेको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुँदैछ ।


शान्ति र स्थिरताको पक्षमा सहकार्य गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

शान्ति र स्थिरताको पक्षमा सहकार्य गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

वि.सं.२०८२ भदौ २६ बिहीवार १२:५१

काठमाडौं । सामाजिक सञ्जाल निषेध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सञ्चालन...

कनेक्ट आईपीएसको शुभयात्रा अफर

कनेक्ट आईपीएसको शुभयात्रा अफर

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३४

काठमाडौं । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस...

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १८:२७

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १०:४८

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड...

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

वि.सं.२०८२ भदौ २२ आइतवार १०:२६

काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा...

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

वि.सं.२०८२ भदौ १९ बिहीवार १४:४८

काठमाडौं । बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र...