back
skip this gaugauma singhadarbar

सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गर्दै ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ ।

यस आईपीओमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कम्पनीका कर्मचारीका लागि ४३ हजार ५६० कित्ता शेयर छुट्याइएको छ । बाँकी शेयर सर्वसाधारणका लागि खुला हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत गर्न सकिनेछ ।

मुक्तिनाथ क्यापिटल लिमिटेडले यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको छ । आईपीओ निष्कासन छिट्टोमा भदौ २९ गते र ढिलोमा असोज ३ गते बन्द हुने जनाएको छ । यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको थियो ।


कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३८

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

वि.सं.२०८२ भदौ १९ बिहीवार १६:१८

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि...

नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८२ भदौ १७ मंगलवार १६:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.८९ अंकले...

१२ अंकले बढ्यो शेयर बजार

१२ अंकले बढ्यो शेयर बजार

वि.सं.२०८२ भदौ १६ सोमवार १५:३९

काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसुचक आज...

आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन

आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन

वि.सं.२०८२ भदौ १६ सोमवार १०:१८

काठमाण्डौ । बुङ्गल हाइड्रोपावर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ...

३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८२ भदौ १५ आइतवार १५:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसुचक ३१.१७ अंकले...