back
skip this gaugauma singhadarbar

च्याउ खेतीतर्फ आकर्षित हुँदै मुगुका युवा

मुगु । मुगु जिल्लाका युवाहरु पछिल्लो समय च्याउ खेती तर्फ आकर्षित भएका छन् । कम लगानीमा धेरै प्रतिफल हुन थालेपछि युवाहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन । किसानहरुले पनि परम्परागत खेती गर्न छाडेर प्लास्टिक टनेल घरबाट कन्य जातको च्याउखेती गर्न थालेका छन् ।

मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५ कार्की बाडाका रामराज कार्कीले बिगत १० वर्ष पहिला २० हजारबाट सुरु गरेको च्याउ व्यावसायबाट अहिले राम्रो आम्दानी गरिरहेको बताए ।

उनले भने, ‘बार्षिक सिजन अनुसार ४ बटा टनेल घरमा ४ सयसम्म बल राख्ने गरेको छु । प्रति बल बाट ३ देखी ४ केजिसम्म च्याउ उत्पादन हुन्छ । बजारमा राम्रो माग छ । प्रति केजी ४ सयसम्म बिक्री हुने गरेको छ । बजारको माग अनुसार च्याउ पु¥याउन सकिएको छैन् । बिदेशमा गएर पसिना बगाउनु भन्दा आफ्नै घर परिवार सँग रमाएर बार्षिक ८ लाख भन्दा बढी च्याउ खेतिबाट आम्दानी हुने र घर खर्च बाल बच्चाहरुको पढाई लत्ता कपडा, यही च्याउ खेतिबाट चलाएको छु । स्थानिय सरकार देखी अन्य सरोकारवालाबाट केही अनुदान रकम पाए थप व्यावसायलाई वृद्वि गर्ने लक्ष्य रहेको छ ।’
यता खत्याडगाँउपालिका वडा ५ मा अस्थाई बसोवार गर्दै आएका बम बहादुर बुढा पनि परम्परागत खेती गर्दा धेरै दुख हुने, आम्दानी कम हुने भएको हुदाँ अहिले च्याउ खेती तर्फ लागेको बताए । उनले कम समयमा, थोरै पुजीबाट पनि प्रशस्त आम्दानी हुने हुदाँ पनि च्याउ खेती सुरु गरेको बताए ।

उनका अनुसार प्रति केजीको ३ सय रुपैयाँको दरले दैनिक ५ देखी ८ के.जी सम्म बिक्री हुने गरेको छ । उनले पछिल्लो समयमा सबै जना युवाहरु विदेश जाने गरेको भन्दै उनीहरुलाई विदेशभन्दा आफ्नै स्वादेशमा घर आगनमा कुनै न कुनै व्यवसाय गरेर बस्न युवाहरुलाई आग्रह गरेका छन् ।
मुगु जिल्लामा च्याउ खेतीको लागि निकै उपयुक्त हावा पानी भएको जिल्ला हो । च्याउको माग बजारमा निकै बढी रहेको छ । च्याउ खानाले मानिसको स्वास्थ्यमा राम्रो हुने भएको हुदा च्याउको माग मुगुमा बढी रहेको छ ।

यसै सन्दर्भमा जिल्ला कृषि विकास कार्यालय मुगुका योजना अधिकृत धर्म बहादुर शाहीले च्याउ खेतीलाई प्रोसान र हैसला दिनको लागि १ लाखसम्म अनुदान सहयोग र च्याउ खेती सम्बन्धी तालिम, गोष्ठि, बीउ वितरण लगायत अन्य ज्ञान दिने कामहरु गरिरहेको बताए । उनले युवाहरुलाई पनि च्याउ खेती सम्बन्धी तालिम दिने गरेको भन्दै आउदा दिनहरुमा च्याउ खेति तर्फ थप विभिन्न कार्याक्रमहरु सन्चालन गर्ने बताए ।

राज्यका तीनै तहका सरकारले बेरोजगार युवाहरुलाई च्याउ खेती लगायत अन्य आयअर्जनका विभिन्न कार्यक्रम, आत्मनिर्भरका तालिम गोष्ठि, सेमिनार, सञ्चालन गरि दक्ष युवाहरुलाई अनुदानबाट लगानी गरि व्यावसाय तर्फ लगाए युवाहरु नेपालमा नै बस्ने पनि उनको भनाई छ ।


मल नहुँदा धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव

मल नहुँदा धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव

वि.सं.२०८२ भदौ १५ आइतवार १३:५१

बर्दिया । गुलरिया नगरपालिका वडा नं ३ बस्ने बाबुराम यादव...

६/७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो : सहकारी मन्त्री

६/७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो : सहकारी मन्त्री

वि.सं.२०८२ भदौ २ सोमवार १८:१७

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

सहकारीबाट समृद्धितिर: उपभोक्ता सहकारीको चुनौती र सम्भावना

सहकारीबाट समृद्धितिर: उपभोक्ता सहकारीको चुनौती र सम्भावना

वि.सं.२०८२ जेठ २५ आइतवार १२:३५

उपभोक्ता सहकारीको अवधारणा सामाजिक, आर्थिक र नैतिक मूल्यमा आधारित सामूहिक...

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का

वि.सं.२०८२ जेठ १५ बिहीवार १६:३८

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी, कर्जा अपचलनकर्ताहरूको सम्पत्ति...

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

वि.सं.२०८२ जेठ १५ बिहीवार १६:२९

काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब...

सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

वि.सं.२०८२ जेठ १४ बुधवार १०:३९

स्याङजा । कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा...