back

पोखरा विमानस्थल निर्माणमा कुनै भ्रष्टाचार भएको छैन : महानिर्देशक अधिकारी

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १५ अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्दै संसदीय उप–समितिले सार्वजनिक गरेको प्रतिवेदनप्रति तीव्र आपत्ति जनाएका छन् ।

मंगलबार पोखरा विमानस्थलमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले यस्तो प्रतिवेदन राजनीतिक पूर्वाग्रह र तथ्यहिन आरोपमा आधारित रहेको बताए ।

‘विमानस्थल सारा पोखरावासीको सपना थियो,’ उनले भने, ‘यो जनताको त्याग र संघर्षको उपज हो । कुनै भ्रष्टाचार भएको छैन, झूटो प्रचार गरिंदैछ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सन् २०१२ मा चीन सरकारको २०० मिलियन डलर ऋणमध्ये १२० मिलियन डलर खर्च गरिएको थियो भने बाँकी ८० मिलियन डलर अर्थ मन्त्रालयमा जगेडा थियो । त्यही रकमलाई आधार बनाएर टेन्डर प्रक्रिया अगाडि बढाइएको उनको भनाई थियो ।
महानिर्देशक अधिकारीले विमानस्थल निर्माणका क्रममा लागत वृद्धि हुनुको स्पष्ट कारणहरू प्रस्तुत गरे । उनका अनुसार सुरुवाती सम्झौतामा नसमेटिएका बोडिङ्ग ब्रिजहरू, ३४ सेन्टिमिटर बाक्लो सिमेन्ट संरचना लगायतका थप कार्यहरूले कुल लागत २२ अर्ब रुपैयाँ पुगेको बताए ।

‘पहिले दुई वटा बोडिङ्ग ब्रिज थिएनन्, पछि थपियो । त्यही कारण लागत बढेको हो । सम्झौतामा मुद्रास्फीतिलाई व्यवस्थित गर्ने कुरा उल्लेख थियो, तर यसलाई आयोगले बेवास्ता गर्यो,’ उनले भने, ‘२०१४ मा सम्झौता गर्दा जुन २२ अर्बको लागत तय भएको थियो, त्यसमा म वा मेरो कार्यकालका कुनै अधिकारीको संलग्नता छैन ।’ उनले निर्माण सम्झौता नेपाल नागरिक उड्डयन प्राधिकरण र चीन सरकारबीच लोनमार्फत गरिएको बताए ।

महानिर्देशक अधिकारीले संसदीय उप–समितिको प्रतिवेदनले तथ्यलाई तोडमोड गरेर जनताको आँखामा झूटा कुरा राख्ने प्रयास गरेको आरोप लगाए । उनले सबै डकुमेन्टहरू क्यानमा सुरक्षित रहेको र आवश्यक परे सार्वजनिक गरिने बताएका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३६

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई...

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको...

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:४८

सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय...