back
skip this gaugauma singhadarbar

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी, भोलि प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

काठमाडौं । भोलि मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुहुने भएको छ । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इभीटोल -इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग लाई नाडा अटो सोमा प्रदर्शनीमा राख्न लागेको हो ।

एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्नेछ जसले आगन्तुहरुसँग प्रत्यक्ष संवाद गर्दे मानिसहरुको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउनेछ ।

नाडामा दिपलका मार्केट डिस्रप्टर इभीहरु
नयाँ प्रविधिहरुसँगै नाडा अटो सोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कारहरु दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्राप्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन् । गत साता नेपालमा धमाकेदाररुपमा सार्वजनिक भएको दिपल एस०५ ले केही दिनमै अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मीश्रणकै कारण यो नयाँ एसयुभी लोकप्रिय बन्न पुगेको हो । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलका सबै इभीहरु नाडाको एवान र एटु स्टलमा प्रत्यक्ष रुपमा अनुभव गर्न सकिनेछ ।

नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ । यस वर्ष प्रधानमन्त्री ज्यूबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वयंम्मा एउटा ऐतिहासिक उपलब्ध हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भन्नु भयो, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभी लाइनअपलाई प्रदर्शनमा राखेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुनपरिभाषित गर्दैछौं ।’


पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्न सक्छ पल्सर १५० सिसि

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्न सक्छ पल्सर १५० सिसि

वि.सं.२०८२ भदौ २३ सोमवार १८:४१

काठमाडौं । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स,...

भारतबाट ईभी आयातमा वृद्धि

भारतबाट ईभी आयातमा वृद्धि

वि.सं.२०८२ भदौ ८ आइतवार १०:२४

काठमाडौं । नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडि (ईभी) आयातमा...

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री

वि.सं.२०८२ भदौ ३ मंगलवार १४:२४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटाे...

१७ औं संस्करणको नाडा अटो शो आज देखि सुरु

१७ औं संस्करणको नाडा अटो शो आज देखि सुरु

वि.सं.२०८२ भदौ ३ मंगलवार ०९:०१

काठमाडौं । १७ औं संस्करणको नाडा अटो शो २०२५ आजदेखि...

हुन्डाई नेपालद्वारा १० लाख रुपैयाँसम्म जित्न सकिने “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

हुन्डाई नेपालद्वारा १० लाख रुपैयाँसम्म जित्न सकिने “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

वि.सं.२०८२ भदौ २ सोमवार १८:३०

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

नाडा अटोशो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू

नाडा अटोशो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू

वि.सं.२०८२ भदौ २ सोमवार १८:२६

काठमाडौं । यस वर्षको नाडा अटोशो २०२५ अटोप्रेमीका लागि विशेष...