back

विद्युत अक्सिजन सरह भइसकेको छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले आगामी दिनमा २४ घण्टा विद्युत प्रवाह गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले विद्युत क्षेत्रको उत्पादनलाई निजी क्षेत्रसँग सहकार्य गर्दै समयसापेक्ष र उपलब्धिमूलक ढंगले अघि बढाउन प्राधिकरण सफल भएको उल्लेख गरे । यद्यपि, यस क्रममा केही कमीकमजोरी रहेको स्वीकार गर्दै उनले ती सुधार गर्दै देशको आवश्यकतालाई मध्यनजर गरी सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामी सर्वसाधारण नागरिकभन्दा एक कदम अगाडि छौं, त्यसैले हामीले केवल दायित्व नभई कर्तव्यबोधसहित प्रेरणादायी ढंगले काम गर्नुपर्छ । राज्यले ठूलो मात्रामा लगानी गरेको यो संस्था वार्षिक दुई खर्ब बजेटको कार्यसम्पादन गरिरहेको छ, जुन कतिपय मन्त्रालयभन्दा पनि ठुलो हो । यस्तो अवस्थामा प्राधिकरण जनउत्तरदायी ढंगले काम गर्न आवश्यक छ । ’

मन्त्री खड्काले विद्युत र ऊर्जा विकास देशको समग्र प्रगतिसँग जोडिएको भन्दै यसको महत्व अहिले संसारमा अक्सिजन सरह भइसकेको धारणा व्यक्त गरे । ‘जुनसुकै प्रविधि र विकास कार्य विद्युत तथा ऊर्जा बिना सम्भव छैन,’ उनले भने, ‘संसारले विद्युतको भरमा विकास गरिरहेको छ । त्यसैले यो क्षेत्र विस्तारै अक्सिजनको जस्तै अपरिहार्य बन्ने अवस्थामा पुगेको छ ।’

उनले विद्युतको सुरक्षित आपूर्ति र निरन्तर प्रवाह आवश्यक रहेको उल्लेख गर्दै प्राधिकरणले २४ घण्टा विद्युत आपूर्ति सुनिश्चित गर्न सक्ने क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले ऊर्जा क्षेत्रको विकासमार्फत राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने दिशामा नेपाल विद्युत प्राधिकरणको भूमिका महत्वपूर्ण रहेको बताए । साथै, उनले प्राधिकरणलाई समयअनुकूल सुधार र उत्तरदायी व्यवहारसहित अघि बढ्न सुझाव दिए ।

उनले भने, ‘यो संस्था विद्युत र उर्जा उत्पादन गर्ने संस्था हो । त्यसकारण उत्पादनसँगै विद्युत सुरक्षा चाहिएको छ । सुरक्षित प्रवाह चाहिएको छ, अर्थात २४ औं घण्टा विद्युत प्रवाह गर्न सक्ने गरि क्षमताको अभिवृद्धि गर्नुपर्नेछ । यस लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले काम गर्न सक्नुपर्दछ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...