back
skip this gaugauma singhadarbar

विद्युत अक्सिजन सरह भइसकेको छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले आगामी दिनमा २४ घण्टा विद्युत प्रवाह गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले विद्युत क्षेत्रको उत्पादनलाई निजी क्षेत्रसँग सहकार्य गर्दै समयसापेक्ष र उपलब्धिमूलक ढंगले अघि बढाउन प्राधिकरण सफल भएको उल्लेख गरे । यद्यपि, यस क्रममा केही कमीकमजोरी रहेको स्वीकार गर्दै उनले ती सुधार गर्दै देशको आवश्यकतालाई मध्यनजर गरी सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामी सर्वसाधारण नागरिकभन्दा एक कदम अगाडि छौं, त्यसैले हामीले केवल दायित्व नभई कर्तव्यबोधसहित प्रेरणादायी ढंगले काम गर्नुपर्छ । राज्यले ठूलो मात्रामा लगानी गरेको यो संस्था वार्षिक दुई खर्ब बजेटको कार्यसम्पादन गरिरहेको छ, जुन कतिपय मन्त्रालयभन्दा पनि ठुलो हो । यस्तो अवस्थामा प्राधिकरण जनउत्तरदायी ढंगले काम गर्न आवश्यक छ । ’

मन्त्री खड्काले विद्युत र ऊर्जा विकास देशको समग्र प्रगतिसँग जोडिएको भन्दै यसको महत्व अहिले संसारमा अक्सिजन सरह भइसकेको धारणा व्यक्त गरे । ‘जुनसुकै प्रविधि र विकास कार्य विद्युत तथा ऊर्जा बिना सम्भव छैन,’ उनले भने, ‘संसारले विद्युतको भरमा विकास गरिरहेको छ । त्यसैले यो क्षेत्र विस्तारै अक्सिजनको जस्तै अपरिहार्य बन्ने अवस्थामा पुगेको छ ।’

उनले विद्युतको सुरक्षित आपूर्ति र निरन्तर प्रवाह आवश्यक रहेको उल्लेख गर्दै प्राधिकरणले २४ घण्टा विद्युत आपूर्ति सुनिश्चित गर्न सक्ने क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले ऊर्जा क्षेत्रको विकासमार्फत राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने दिशामा नेपाल विद्युत प्राधिकरणको भूमिका महत्वपूर्ण रहेको बताए । साथै, उनले प्राधिकरणलाई समयअनुकूल सुधार र उत्तरदायी व्यवहारसहित अघि बढ्न सुझाव दिए ।

उनले भने, ‘यो संस्था विद्युत र उर्जा उत्पादन गर्ने संस्था हो । त्यसकारण उत्पादनसँगै विद्युत सुरक्षा चाहिएको छ । सुरक्षित प्रवाह चाहिएको छ, अर्थात २४ औं घण्टा विद्युत प्रवाह गर्न सक्ने गरि क्षमताको अभिवृद्धि गर्नुपर्नेछ । यस लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले काम गर्न सक्नुपर्दछ।’


शान्ति र स्थिरताको पक्षमा सहकार्य गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

शान्ति र स्थिरताको पक्षमा सहकार्य गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

वि.सं.२०८२ भदौ २६ बिहीवार १२:५१

काठमाडौं । सामाजिक सञ्जाल निषेध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सञ्चालन...

कनेक्ट आईपीएसको शुभयात्रा अफर

कनेक्ट आईपीएसको शुभयात्रा अफर

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३४

काठमाडौं । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस...

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि चासो बढ्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १८:२७

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला २ लाख १२ हजार पुग्यो

वि.सं.२०८२ भदौ २२ आइतवार १०:४८

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड...

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

वि.सं.२०८२ भदौ २२ आइतवार १०:२६

काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा...

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

वि.सं.२०८२ भदौ १९ बिहीवार १४:४८

काठमाडौं । बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र...