back

राजनीतिक दलहरुले ४० प्रतिशत युवालाई खुल्ला प्रतिस्पर्धामा ल्याउनुपर्छ

नेपालमै सम्भावना छ, नकारात्मक सोच बदलौं

काठमाडौं ।  युवा अभियन्ता एवम अधिकारकर्मी तिलोत्तम पौडेलले नेपाली युवाहरुमा नेपालमा केही पनि सम्भव छैन भन्ने भाष्य सिर्जना हुँदै गएको बताएका छन् । युवा दिवसको अवसरमा कुरा गर्दै उनले अन्तिम विपल्प भनेको बिदेश जाने हो, नेपालमा कसैले पनि केही गर्न सक्दैन भन्ने खालको गलत भाष्य निर्माण भइरहेको बताए ।

उनले भने, ‘नेपाली युवाहरुमा जुन भाष्य छ, यहाँ केही पनि सम्भव छैन, यहाँ केही भएको छैन । विपल्प भनेको बिदेश जाने हो, यहाँ कसैले पनि केही गर्न सकेन भन्ने खालको गलत भाष्य निर्माण भएको छ । त्यो भाष्यमा सबै युवाहरुको मनोविज्ञान त्यतैतिर केन्द्रित छ । केही भएको छैनबाट सुरु हुन्छ, त्यसलाई चिर्नुपर्ने बेला आएको छ ।’

यसैगरी अभियन्ता पौडेलले नेपाली समाजमा नेपालमा केहीपनि सम्भव छैन भन्ने नकारात्मक सोच व्यापक रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरे । नेपाल न्यूज बैंकसँगको कुराकानीमा पौडेलले यस्तो सोचले नेपाली युवाको मनोविज्ञानमा गहिरो असर पारिरहेको बताए ।

उनले भने, ‘आजकल जुनसुकै स्थानमा—चिया पसलदेखि कलेजको क्यान्टिन, वा राजनीतिक बहससम्म—एकै प्रकारको धारणा दोहोरिन्छ, त्यो हो ‘यहाँ केही हुँदैन, अन्तिम विकल्प विदेश जानु हो ।’ यस्तो गलत भाष्यले युवालाई निराश बनाएको छ ।’

पौडेलका अनुसार १६ देखि ४० वर्ष उमेर समूहका ४२ प्रतिशतभन्दा बढी युवा जनसंख्या भएको देशमा यस्ता सोचले दीर्घकालीन असर पार्न सक्छ । उनले संविधानदेखि लिएर सरकारले ल्याएको १६औं योजना, ‘फ्युचर अफ द समिट’ जस्ता फोरम तथा स्थानीय तहका युवा सम्बन्धी नीतिहरूलाई उदाहरण दिँदै राज्यले युवाको विषयमा सोच्नुपर्ने बताए ।

उनले युवामैत्री नीतिहरू प्रदेश र स्थानीय तहमा समेत विस्तार हुँदै गएको, उद्यमशीलता, कृषि, र बाँझो जमिनको उपयोगजस्ता क्षेत्रमा काम भइरहेको उल्लेख गरे । ‘नेपालमा राम्रो शिक्षा छैन भन्ने आरोप पनि पूर्णतः सत्य होइन,’ भन्दै उनले युके लगायतका देशहरूले नेपाली स्टाफ नर्सहरूलाई रोजगारी दिइरहेको उदाहरण प्रस्तुत गरे ।

पौडेलले भने, ‘नेपालमा सफल उद्यमी भएर फर्कने युवाको संख्या बढ्दो छ । यस्ता युवालाई राज्यले सहजता दिने, सहुलियत दरका कार्यक्रम ल्याउने, प्रक्रियालाई सरलीकृत गर्ने हो भने विदेश गएका धेरै युवा फर्कन सक्छन् ।’

युवा सहभागिता बढाउन नीति निर्माण तहले सबै तहमा युवालाई समेट्नुपर्ने उनको सुझाव छ । ‘७५३ वटै स्थानीय तहमा ‘युवा तथा खेलकुद विकास समिति’ वा ‘स्तरीय युवा समिति’ गठन गरौं, खेल र युवालाई सँगै लिएर जाऔं,’ उनले भने ।

राजनीतिक पार्टीहरूलाई लक्षित गर्दै पौडेलले भने, ‘सबै दलले विधान बनाउँदा कम्तीमा ४० प्रतिशत प्रतिस्पर्धा युवाबीच हुनुपर्छ । नेतृत्व तहमा युवाको भूमिका बढाउनैपर्छ ।’

पौडेलले अस्थिर राजनीतिक नियुक्तिहरूको असर राष्ट्रिय युवा परिषद् जस्ता संस्थामा पनि परेको बताए । ‘६ महिनामा मन्त्री, ८ महिनामा सचिव, पार्टी अनुसार नियुक्ति–हटाउने प्रवृत्तिले प्रभावकारी काम गर्न असम्भवजस्तै बनाएको छ,’ उनले भने ।

त्यस्तै, समीक्षाको चरणमा रहेको र राष्ट्रिय युवा नीति चाँडै संशोधनसहित आउने अपेक्षा पनि व्यक्त गरे । उनले वर्तमान युवा नीतिहरूलाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिए ।

राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्य समेत भइसकेका उनले युवालाई आफैंबाट परिवर्तन सुरु गर्न र आफ्नो दृष्टिकोण सकारात्मक बनाउन आग्रह गरे । ‘युवा भनेको केवल पार्टी वरिपरि घुम्ने होइन, अपांग, महिला, अल्पसंख्यक सबैलाई समेट्नुपर्छ,’ उनले भने ।

उनले युथ एजुकेशन २२५० युवा शान्ति र सुरक्षा सम्बन्धी प्रस्तावलाई पारित गर्नुपर्ने समेत बताए । उनले भएका नीति र कार्यक्रमहरुलाई राम्रो तरिकाले कार्यान्वयन गर्दै युवाहरुले केही गर्छु भन्ने प्रतिबद्धताका साथ आफू कुन बाटो लाग्ने भनेर विचार गर्नुपर्ने बताए ।

उनले भने, ‘युथ एजुकेशन २२५० युवा शान्ति र सुरक्षा सम्बन्धी प्रस्ताव छ यसलाई पारित गरौं । र भएका नीति र कार्यक्रमहरुलाई राम्रो तरिकाले कार्यान्वयन गरौं र युवाहरुले यही केही गर्छु भन्ने प्रतिबद्धता पनि युवाहरुको हुनुपर्छ । युवाहरुले पनि आफू कुन बाटो लाग्ने भनेर विचार गर्नुपर्छ ।’

यसैगरि विभिन्न अपराधिक कार्यमा युवाको संलग्नता देखिन्छ यसमा उनीहरुलाई सचेत गराउनपर्ने बताए ।  पौडेलले राइड सेयरिङमा संलग्न युवाको उदाहरण दिँदै भने, ‘पठाओ चलाउने एक युवाले महिनामा ३५–४० हजार रुपैयाँ बचत गर्छन् भने खाडी गएर भन्दा राम्रो अवस्था हो । घरमै बसेर आमाबुबासँग समय बिताउन पाउनु, सस्तोमा जीवनयापन गर्नु ठूलो कुरा हो ।’

त्यस्तै, विदेशबाट फर्केर कर्णाली जस्ता क्षेत्रमा रेष्टुरेन्ट, रिसोर्ट, कृषि व्यवसाय सञ्चालन गर्ने युवाको उदाहरण दिँदै उनले राज्यले यस्ता प्रयासलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

उनले ‘फोहोरबाट मोहर’—अर्थात् फोहोरबाटै पैसा कमाउने जस्ता विचारमार्फत उद्यमशीलताको विविधता प्रस्तुत गर्दै प्रविधि र आईटी क्षेत्रमा समेत ठूलो सम्भावना रहेको बताए ।

उनले भने, ‘हामीले युवालाई चिया पसलमा चिया पिउने मात्रै होइन, सहभागी गराउने, सम्मान गर्ने र यथार्थपरक काममा संलग्न गराउने नीति लिनुपर्छ । त्यसैले वर्तमान होइन, भविष्यलाई हेरेर नीति बनाऔं ।’ भएका नीति र कार्यक्रमलाई राम्रो तरिकाले कार्यान्वयन गर्दै युथ एजुकेसन मात्र नभइ युथ रिजोलुसनमा ध्यान दिनुपर्ने औंल्याए ।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा पौडेलले नेपाल तथा विदेशमा रहेका सबै युवालाई नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन आग्रह गर्दै ‘हामी नेपाल फर्कन चाहन्छौं’ भन्ने भावना बलियो बनाउने वातावरण तयार पार्न राज्य र समाज दुवै उत्तरदायी बन्नुपर्ने बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आगलागीपछि सर्वोच्चको पुनरुत्थान : एनेक्सदेखि नयाँ भवनसम्म सेवा, १८ हजार मिसिल पुनःप्राप्त

आगलागीपछि सर्वोच्चको पुनरुत्थान : एनेक्सदेखि नयाँ भवनसम्म सेवा, १८ हजार मिसिल पुनःप्राप्त

वि.सं.२०८३ असार २४ बुधवार १०:२४

काठमाडौं । २०८२ भदौ २३ गतेको जेनजी आन्दोलन र २४...

किसानलाई बजार र मूल्यको ग्यारेन्टी दिए धान उत्पादन बढाउन सकिन्छ : विरेन्द्र बस्नेत

किसानलाई बजार र मूल्यको ग्यारेन्टी दिए धान उत्पादन बढाउन सकिन्छ : विरेन्द्र बस्नेत

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५३

काठमाडौं । नेपाल कृषि प्रधान देश भए पनि वर्षेनी अर्बौं...

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

वि.सं.२०८३ असार १५ सोमवार १७:०१

काठमाडौं । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले नेपालमा धान...

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१०

काठमाडौं । हरेक वर्ष जुन २६ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय...

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०५

काठमाडौं । नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि...

बुढीगण्डकीलाई कम्पनी मोडेलमै अघि बढाएर रणनीतिक साझेदार भित्र्याउनुपर्छ : पूर्व ऊर्जा सचिव उपाध्याय

बुढीगण्डकीलाई कम्पनी मोडेलमै अघि बढाएर रणनीतिक साझेदार भित्र्याउनुपर्छ : पूर्व ऊर्जा सचिव उपाध्याय

वि.सं.२०८३ असार ४ बिहीवार १०:४८

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सरकारले...