back

जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्ने माग गरिएको छ । मंगलबार बसेको अर्थ समितिको बैठकमा जलवायु परिवर्तनलाई विश्वसमुदायसँग सहयोगको आव्हान गर्दा समेत उचित नीति नभएको भन्दै समितिमा नीतिले सम्बोधन गर्नुपर्ने माग गरिएको हो ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले हिमतालहरु फुटेकोदेखि लेदो बाढी आउने समस्याहरुमा अरुलाई सहयोगका लागि आव्हान गर्न नीतिको आवश्यक रहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले जलवायु परिवर्तनप्रति प्रतिवद्धता र विश्व समुलायसँग सहयोग पनि मागिरहेको अवस्था छ । हिमतालहरु फुटेकोदेखि लेदो बाढी आउने कुराहरुमा अरुलाई आव्हान गर्ने तर हामीले बनाउने नीतिमा त्यो नहुँदा नीति निर्माणमा ध्यान दिनु जरुरी देखिन्छ ।’

उनले वातावरणीय पक्ष र जलवायु परिवर्तनका कारण आएका समस्यामा फरक रहेको भन्दै यसले दिगो विकासमा समेत टेवा पुर्याउने बताए ।

यस्तै बैठकमा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने र वतावरणीय संरक्षणका उपायहरुका लागि नीति संशोधन गरी समेट्नुपर्ने बताए ।

यस्तै रास्वपाका सांसद स्वर्णिम वाग्लेले कृषिवाली नलाग्ने ठाँउमा तापक्रम बृद्धि हुने, हिउँ पग्लिदा जोखिम बढने भएकाले जोखिम न्यूनीकरण मात्र नभइ यसलाई नीति मार्फत समेटिनुपर्ने बताए ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने विषय र वातावरण संरक्षणको विषयलाई संशोधन गरी समेट्न समितिलाई आग्रह गरे ।

nactional life
Corporatebazar 11 Anniversary

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३६

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई...

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको...

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:४८

सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय...