ध्यानको महत्व र सही अभ्यासबारे चर्चा, संस्थाले पाँच उद्देश्य मार्फत भ्रमलाई चिर्दै
वि.सं.२०८२ जेठ १३ मंगलवार
भक्तपुर । सृजनशील बचत समूहको आयोजनामा ध्यान सम्बन्धी चिन्तनमनन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ध्यान के हो, ध्यानका भ्रमहरू, ध्यान गर्ने विधि र सहज ध्यानका उपायहरूबारे जानकारी दिइएको हो।
श्रीहरी सेल्फ रियलाइजेसन फाउन्डेसनका अध्यक्ष चन्द्रहरि कायस्थ (श्रीहरि), श्रीहरी सेल्फले ध्यानको महत्व र यसको सही अभ्यासबारे चर्चा गरे । उनले उपस्थितहरूलाई गहिरो मनन गर्न प्रेरित गरे । उनले ध्यान जीवनमा स्वास्थ्य, शान्ति, आनन्द, प्रेम र ज्ञानका लागि अत्यावश्यक रहेको बताए ।
ध्यान कार्यक्रम आयोजना गरिनुका फाइदाबारे सृजनशील बचत समूह संयोजक बुद्धलक्ष्मी किसीले जानकारी दिइन् । साकोसका प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल, अतिथिहरू मेनुका प्रधान र रोमन श्रेष्ठले कार्यक्रममा सकारात्मक अनुभव व्यक्त गरे । विभिन्न संघस्थाहरूले यस्ता कार्यक्रमहरूलाइ निरन्तरता दिनुपर्ने तर्क गरियो ।
“एक विश्व एक आध्यात्मिक परिवार बनौँ” भनेर संस्थाले यि पाँच उद्देश्यबारे पनि प्रष्ट पारेको छ ।औषधिले मात्र स्वास्थ्य सुनिश्चित गर्दैन,खानाले मात्र शक्ति वा ऊर्जा प्रदान गर्दैन, धनले मात्र साँचो आनन्द ल्याउँदैन ,धर्मशास्त्र र पुस्तकहरूले मात्र बुद्धि (ज्ञान )दिँदैन, व्यक्ति तथा सम्बन्धले मात्र साँचो प्रेम सिर्जना गर्दैन।
कार्यक्रममा २२ जनाको सहभागिता रहेको थियो । सहभागीहरूले आनन्दको अनुभूति गरेको बताएका थिए । श्रीहरि फाउन्डेसनले विश्वभर स्वास्थ्य, प्रेम र ज्ञान फैलाउने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य विजया गणेश र सुमित्रा मानन्रधरले समूहमाथि भरोसा व्यक्त गर्दै कार्यक्रममा सहभागीहरूको मनोबल र स्वास्थ्यप्रति केन्द्रित कुराहरू उल्लेख गरे । कार्यक्रममा सचिव सुचिता सैजूले पनि बोलेका थिए ।
८२ सालभित्रमा १० हजार व्यक्तिलाई प्रत्यक्ष यो अभियान को बारेमा जानकारी एवं सचेतना फैलाउने यस संस्थाका अध्यक्ष कायस्थको र संस्थाको लक्ष्य रहेको छ । त्यसका निमित्त देशभरका व्यक्ति तथा संघ-संस्थाहरू, सहकारी ,स्कुल कलेज र सम्पूर्ण सामाजिक अभियन्ता लगायत संस्थाहरूलाई आह्वान समेत गरेको छ।
प्रकाशित समय : १४:३२ बजे





















