back

आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ: कृष्णकुमार शाह

nactional life

काठमाडौं । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्णकुमार शाहले काेशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्ने बताएका छन् । आज साेल्टी काठमाडौंमा आयोजित अन्तरराष्ट्रिय बुद्धिष्ट ट्रावल मार्टमा कोशी प्रदेशकाे प्रतिनिधिकाे रूपमा उनले यस्ताे बताएका हुन् ।

`म कहिलेकाहीँ काेशी प्रदेशमा जन्मिएकोमा गर्व गर्छु । किनभने म सुन्दर काेशिमा जन्मिएको हुँ । प्रदेश राजधानी विराटनगरदेखि सगरमाथासम्मै सांस्कृतिक र प्राकृतिक विविधता छन्,´ उनले भने ।

कोशी प्रदेशको भ्रमण गर्ने पर्यटकले अर्नाको राजधानी भनेर चिनिने काेशीटप्पु वन्यजन्तु आरक्षलगायतका  निकुञ्जमा वन्यजन्तु अवलाेकन गर्न सक्छन् ।

मार्टमा मन्तव्य राख्दै शाहले भने, `संसारकाे शीर सगरमाथा लगायत संसारका चाैध सर्वाेच्च शिखरमध्ये पाँचवटा काेशी प्रदेशमा छन्। त्यहाँकाे पर्वतिय पर्यटन संसारकै सबैभन्दा एड्भेञ्चरस् र उत्कृष्ट शिखर पर्यटन हाे ।´

उनले काेशी प्रदेश अन्य प्रदेशकाे तुलनामा सहज यातायात पहुँच भएकाे प्रदेश भएकाे दाबी समेत गरे । उनले भने, `काेशी प्रदेशमा विराटनगर, फाप्लु, लुक्ला, सुकेटार लगायत एयरपाेर्ट छन् । विभिन्न राजमार्गमार्फत पर्यटकले सबै पहाडी जिल्लाकाे सहज भ्रमण गर्न पाउँछन् ।´

शाहले काेशी प्रदेश सांस्कृतिक विविधताका दृष्टिले समेत नेपालकाे समृद्धतम् प्रदेश भएकाे जिकिर गरे । उनले भने,  `सम्भवत: संस्कृतिमा नेपालकै सबैभन्दा धनी प्रदेश हाे काेशी प्रदेश । यहाँ लिम्बू, राई, शेर्पा, तामाङ, राजवंशी, काेच आदि संस्कृति छन्- जसले सांस्कृतिक विविधताकाे इन्द्रेणी छ । यी संस्कृतिले जगेर्ना गरिरहेका माैलिक नाचहरू साकेला, धाननाचलगायत जातजातिका नाचले हामी समृद्ध  छाैँ ।´

उनले रामकाे विवाहकाे प्रसङ्ग पनि काेट्याए । रामधुनीकाे सांस्कृतिक महत्व दर्शाउँदै उनले मर्यादा पुरुषाेत्तम श्रीरामकाे जन्ती रामधुनीस्थित ऋषि विश्वमित्रकाे आश्रमबाट लगिएकाे दाबी गरे । रामधुनीबाट रामकाे जन्ती लगिएकाे थियाे र आगामी दिनमा रामधुनीबाट जन्ती लैजानुपर्छ भन्ने हाम्राे दाबी रहेकाे छ ।´ उनले संसारकाे पहिलाे तीर्थ बराहक्षेत्र पनि काेशीप्रदेशमै रहेकाे हुनाले काेशी प्रदेशकाे पर्यटन सबै काेणबाट समृद्ध रहेकाे र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन जरुरी रहेकाे बताए ।

काेशी प्रदेश पर्यटन वर्ष २०८२ काे सचिवालय अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्रावल मार्टकाे डेस्टिनेसन प्रायाेजक समेत रहेकाे छ ।  मार्टमा काेशी प्रदेश पर्यटन वर्ष २०८२ काे सचिवालयले तयार पारेकाे डकुमेन्ट्री, मुकाम म्यागेजिन र तीनवटा करिडाेरकाे गन्तव्यका बारेमा तयार पारिएका अङ्ग्रेजी र नेपाली दुवै भाषाका प्रचारसामग्री प्रदर्शन र वितरण गरिएकाे थियाे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:१२

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न अभियान...

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ जेठ १५ शुक्रवार १४:४५

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद्...

गणतन्त्र राष्ट्र निर्माण एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल

गणतन्त्र राष्ट्र निर्माण एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:२७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको...

वन्यजन्तु मार्न राखिएका १०५ थान अवैध पासो फेला पारी नष्ट

वन्यजन्तु मार्न राखिएका १०५ थान अवैध पासो फेला पारी नष्ट

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:१८

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत पर्ने संवेदनशील वन क्षेत्रमा...

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:२५

काठमाडौं । कन्सुलर सेवा विभागद्वारा कन्सुलर सेवा प्रवाहलाई थप सहज,...

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

वि.सं.२०८३ जेठ १२ मंगलवार १६:४१

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद्...