back

नेविसंघको आयोजनामा ल क्याम्पसमा निःशुल्क तयारी कक्षा संचालन

nactional life

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा काठमाडौंको नेपाल ल क्याम्पसमा निःशुल्क एल्एल्बी तयारी कक्षा संचालन भइरहेको छ ।

क्याम्पसका नेविसंघका नेता आशिष थापाले आफ्नो अगुवाइमा तयारी कक्षा संचालन भइरहेको बताए ।

‘एल्एल्बी पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षामा सजिलो होस् भनेर कक्षा संचालन गरेका हौं, उत्साहजनक उपस्थितिले गर्दा तयारी कक्षाको महत्व बढेको छ ’ तयारी कक्षा संयोजक थापाले भने ‘प्रवेश परीक्षामा के–कस्ता प्रश्न आउँछन् र त्यसको समाधान कसरी गर्ने भन्नेबारेमा कक्षामा सिकाइन्छ ।’ संयोजक थापाले यसअघिको वर्षमा पनि नेविसंघले तयारी कक्षा संचालन गरेको बताएका छन् । तयारी कक्षा बिहान ७ बजेदेखि ८ बजेसम्म क्याम्पसमै संचालन भइरहेको छ ।

तयारी कक्षा वैशाख १६ बाट संचालन गरिएको थापाको भनाई छ । एल्एल्बीको प्रवेश परीक्षा जेष्ठ २४ गते ११ बजेदेखि १२ बजेर ४० मिनेटसम्म हुने छ । प्रवेश परुीक्षामा १ सय वटा बहुवैकल्पिक (अब्जेक्टिभ) प्रश्न आउने छन् । प्राप्तांकका आधारमा विद्यार्थी भर्ना लिइने क्याम्पसले जनाएको छ । त्रिविका अनुसार विद्यार्थीले जेष्ठ १९ गतेदेखि प्रवेशपत्र अनलाइन माध्यमबाट नै डाउनलोड गर्न सक्ने छ्न् । परीक्षा केन्द्र भनें त्यसपछि निर्धारण गरिने जनाइएको छ । एल्एल्बी पढ्न चाहने विद्यार्थीहरुले सोमबार राती १२ बजेसम्म प्रवेश परीक्षाको लागि अनलाइन फारम भरेका थिए । खुला र कोटा गरी ६ सय जनाले नेपाल ल क्याम्पसमा पढ्न पाउने छन् ।

सोमबारसम्म सामान्य दस्तुरमा १६ सय रुपैंया तिरेर अनलाइन फारम भरिएको थियो भनें जेष्ठ १२ गते राती १२ बजेसम्म दोब्बर दस्तुरमा फारम भर्न सकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जनाएको छ । प्रवेश परीक्षाको फारम भर्नका लागि फोटो, नागरिकता, हस्ताक्षर, एस्एल्सी वा सोसरहको प्रमाणपत्र, १२ वा सोसरहको (ट्रान्सक्रिप्ट) प्रमाणपत्र र स्नातक तहको ट्रान्सक्रिप्ट (प्रमाणपत्र) चाहिने त्रिविको सूचनामा जनाइएको छ ।

नेपाल ल क्याम्पस २०११ सालमा स्थापना भएको हो। त्रिविले स्नातक तह उत्तीर्ण गरेकालाई एल्एल्बी र १२ कक्षा उत्तीर्ण गरेकाले ५ वर्षे बीएएल्एल्बी कोर्ष पढाउँदै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:१२

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न अभियान...

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ जेठ १५ शुक्रवार १४:४५

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद्...

गणतन्त्र राष्ट्र निर्माण एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल

गणतन्त्र राष्ट्र निर्माण एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:२७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको...

वन्यजन्तु मार्न राखिएका १०५ थान अवैध पासो फेला पारी नष्ट

वन्यजन्तु मार्न राखिएका १०५ थान अवैध पासो फेला पारी नष्ट

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:१८

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत पर्ने संवेदनशील वन क्षेत्रमा...

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:२५

काठमाडौं । कन्सुलर सेवा विभागद्वारा कन्सुलर सेवा प्रवाहलाई थप सहज,...

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

वि.सं.२०८३ जेठ १२ मंगलवार १६:४१

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद्...