back
himalayan life

कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

हाम्रा नेताहरु पुस्तक नै पढ्दैनन्, आरोपप्रत्यारोप गरेर बस्छन्

‘दिए पुग्छ’ मेरो तेस्रो कृति हो । ‘संभव छ’, ‘नेपालमै सकिन्छ’ पछि तेस्रो कृतिमा रुपमा ‘दिए पुग्छ’ बजारमा आएको हो । पुस्तकहरु विशेषगरी सत्यकथामा आधारित कथाहरु मात्रै लेखिरहेको छु । पुस्तकमा वास्तविक पात्रहरु हुनुहुन्छ । र बास्तविक पात्रहरुका वास्तविक कथाहरु समेट्ने प्रयास गरेको छु । ‘सम्भव छ’ उद्यमशिलतासँग सम्बन्धित पुस्तक हो । ‘दिए पुग्छ’ चाहीं सेवा भावसँग सम्वन्धित छ । म आफूपनि वास्तविक पात्रका विषय पढ्न रुचाँउछु ।

मान्छेहरुलाई लाग्नसक्छ मैंले धेरै पुस्तकहरु पढ्छु भन्ने । तर पुस्तक भन्दापनि वास्तविक घटना पढ्न रुचाउँछु । समाज पढ्न रुचाउँछु । समाजभित्र भएका मनिससँग बोल्न रुचाउँछु । तीन जना वा चार जनासँग बोल्नु भनेको एक पुस्तक पढ्नु बराबर हो । म हरेक किसिमका व्यक्तिहरुसँग गफ गर्न रुचाउँछु । किनकि उहाँहरुसँग धेरै कथाहरु हुन्छन् । सडकमा सुत्ने सबै रक्सी खाएर सुतेका हुँदैनन् । कोही थकाइले सुतेका हुन्छन्, कोही विरामी भएर सुतेका हुन्छन् । त्यसैले सबैको सोच बदल्न आवश्यक छ । जब म कुनै पात्रको कथा लेख्छु लेखेर सकिएपछि लेखकीय भनाई पनि लेख्ने गरेको छु । सबैभन्दा धेरै सन्तुष्टि मलाई लेख्दाखेरि मिल्ने गरेको छ ।

मेरो नयाँ पुस्तक ‘दिए पुग्छ’को सार भनेको धन–सम्पत्ति दिने हो कि, धनी मान्छेले केही दिने हो कि जस्तो लाग्ने रहेछ । तर पुस्तकबाट मंैले दिन खोजेको सन्देश चाहीं के हो भने मानिस कोही अपाङ्ग हुन्छ, कोही मानसिक रोगी हुन्छ, कोहि गरिब हुन्छ, यि सबै मानिसको जीवनस्तर बदल्नको लागि सहारा, आँट, हौसला दिए पुग्छ भन्न खोजेको हो । मान्छेहरुलाई साथ दिनुपर्छ, माया र हौसला दिनुपर्छ भनेको हुँ । कसैलाई यि सबैकुरा दिंदा कोही रित्तिएर जाँदैन भन्न खोजेको हो । तर पाठकहरुले के कसरी बुझ्नुहुन्छ त्यो फरक कुरा हो ।

पुस्तक पढ्दै जाँदा एकदमै कहालीलाग्दा कहानीहरु भेटिन्छन् । जो वास्तविक कथाहरु हुन् । मान्छे कस्तो अवस्थाबाट कस्तो अवस्थासम्म पुग्नसक्छ भन्ने कुरा यस पुस्तकबाट पाउन सकिन्छ । यस्ता कथाहरु पढ्दैगर्दा त्यस्ता कहालीलाग्दा घटना बदल्नेहरु पनि भेटिन्छन् । जस्तै सडकमा भेटिएका मान्छेलाई कसैले दिएको साथ सहयोग र हौसलाले जीवन बदलिसकेको कथा पुस्तकमा छ । घरवारविहीन भएर सडकमा बसेकाहरुको घर परिवारसम्म पुगेको र उनीहरुलाई छाडेर जानुभएका अधुरा कार्यहरु छन् । ती कार्यहरुलाई हामीले दृढतापूर्वक अगाडि बढाउनपर्ने आजको आवश्यकता पुस्तमा समेटिएको छ ।

‘दिए पुग्छ’मा त्यस्ता कहानीहरु पनि छन् जहाँ समाजले जड्याहा, बेबारिसरे जस्ता नाम दिएका हुन्छन् । उनीहरुको कथा छ । र कसैलाई दुव्र्यसनबाट वाहिर आउन मन छ समाजले निस्कन दिइरहेको छैन । तर कसैले दिएको साथ सपोर्टले गर्दा माथिल्लो तहमा पुग्न सकेकाहरुको डरलाग्दा कहानीपनि यसमा समेटिएको छ ।

परिवारिक घटना कसलाई पो नपर्ला । एक जना यस्तो पात्रको घटना पनि छ तीन छोरा मध्ये दुई छोराको आकस्मिक निधन भएको हुन्छ र एक छोरा आफू र श्रीमतीको मात्र परिवार बाँचेको परिवार सिध्याउछु भनेर हिडेको व्यक्ति पनि बाँचेर राम्रो गरेको कहानी समेत छ । कसैको कहानी लेख्दा त म पटक पटक भक्कानिएको छु ।

पुस्तक लेखिसकेपछि पाठकहरुले दिएको प्रतिक्रिया नै लेखकका लागि उपज हो । त्यसलाई शिरमा राखेको हिडेको छु । पुस्तक लेखेर कतै अन्याय त गरिन भन्ने पनि लाग्छ । पुस्तक पढेपछि बनाएको पासपोर्टको काम छैन भनेर फालेको घट्नाहरु पनि छन् । लेखेकै कारणले कोही कसैले म अव विदेश जान्न भनेर निर्णय लिनु वा निर्णय लिदैगर्दाका क्षण वा अन्य घटनाक्रममहरुले कता कता मलाई पनि सोचमग्न बनाउछ ।

‘दिए पुग्छ’ पुस्तक सात वर्ष अगाडि प्रकाशित भइसक्नुपर्ने थियो । विविध कारणले ढिला भयो । यो पुस्तक लेखिसकेपछि पाठकहरुका प्रतिक्रियाहरु आँसुका रुपमा व्यक्त भएका छन् । कतिपय विदेशमा रहेका पाठकहरुले पढिरहनु भएको कुरा सन्देश पठाउनुभएको छ । रुँदै पुस्तक पढेको कुराहरु दर्शाउनु भएको छ । एकजना पत्रकार मित्र नरेन्द्र रौलेत सँगै यात्राका क्रममा रुनु नै भयो । यसरी रुनुभयो कि म आफूलाई सम्हाल्न सकिन । त्यसबेला मलाई लाग्यो कि म के लेखिराखेको छु भन्ने प्रश्न आफैंलाई तेर्साइरहेको छु । पुस्तकका पात्र र कथाहरुले कसलाई केले छुन्छ, कसलाई के ले छुन्छ भन्नै नसकिने रहेछ । धेरैको प्रतिक्रिया आँशुकै माध्यमबाट पाइरहेको छु ।

सबै प्रतिक्रियाहरु पढ्दा र सुन्दा उप्रेरित गरिरहेको छु कि उत्पिडित बनाइरहेको छु भन्ने पनि लाग्छ । ‘दिए पुग्छ’ले पाठकहरुको आँशु बगाएको छ, त्यो आँशु आउने कुरा सामान्य पनि होइन् । आँशु पढेर आउने भन्ने सामान्य कुरा होइन नि । केही कुराले मान्छेलाई छुन्छ, छोएर सोच्न बाध्य बनाउँछ । त्यसपछि म कहाँ रहेछु, मैले कसलाई के दिएछु र मैले के गर्नुपर्छ भन्ने खालको आत्मवल भित्रैदेखि आउँछ होला । जे होस पाठकहरुको प्रतिक्रियाले म उत्साहित छु । भावुक पनि छु । एकदमै सोचमग्न छु । अब के लेख्नेहोला भन्ने सोच पलाइसकेको छ ।

पुस्तक पढ्ने संस्कृति घट्दै गएकोमा दुःख पनि लाग्छ । आज भन्दा १० बर्ष अगाडि पुस्तकको जुन माग थियो अहिले छैन् । त्यसको मुख्य कारण भनेको सामाजिक सन्जाल नै हो । हाम्रो समाजले अहिलेको नकारात्मक कुराहरु मात्र रुचाउने गरेको छ । हाम्रा नेताहरु पहिला जति किताब पढ्थे अहिले पढ्दैनन् । एक अर्कालाई आरोप प्रत्यारोप लगाएर बस्छन् । तर पुस्तक पढे राम्रो हो । समाज नकारात्मक कुरामा धकेलिएको कारणले नै मानिसहरुमा वितृष्णा पैदा गराएको छ । यसलाई सकरात्मकतर्फ लैजान किताब पढ्नपर्छ अनि समाज सुध्रिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१०

काठमाडौं । हरेक वर्ष जुन २६ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय...

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०५

काठमाडौं । नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि...

बुढीगण्डकीलाई कम्पनी मोडेलमै अघि बढाएर रणनीतिक साझेदार भित्र्याउनुपर्छ : पूर्व ऊर्जा सचिव उपाध्याय

बुढीगण्डकीलाई कम्पनी मोडेलमै अघि बढाएर रणनीतिक साझेदार भित्र्याउनुपर्छ : पूर्व ऊर्जा सचिव उपाध्याय

वि.सं.२०८३ असार ४ बिहीवार १०:४८

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सरकारले...

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले महिला सशक्तीकरण, नेतृत्व...

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:३९

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव...

बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ, तर कार्यान्वयनको प्रतिक्षामा छौं : हान अध्यक्ष शाह 

बजेटले पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ, तर कार्यान्वयनको प्रतिक्षामा छौं : हान अध्यक्ष शाह 

वि.सं.२०८३ जेठ २० बुधवार १०:२३

लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र...