back

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

nactional life

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल लिमिटेडबीच संस्थागत परामर्शसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा डोलेश्वर रिसोर्टका तर्फबाट अध्यक्ष रामनाथ मैनाली र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि सिटिजन्स क्यापिटलले डोलेश्वर रिसोर्टलाईबाट पब्लिक कम्पनीमा रूपान्तरण गर्ने प्रक्रिया तथा प्राथमिक सेयर निष्कासन का लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछ ।

२०७६ सालदेखि सञ्चालित डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरको डोलेश्वरमा १० रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल १५ कोठा रहेको रिसोर्टले कोठा संख्या बढाएर ३५ पुर्याउने योजना बनाएको छ।

साथै, निर्माणाधीन स्वीमिङ पुल लगायतका पूर्वाधारहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रिसोर्टमा ३ सय जनासम्मको क्षमता भएको ठूला–साना गरी ३ वटा सभा हलहरू रहेका छन् । विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा पिकनिकका लागि लोकप्रिय गन्तव्यको रूपमा परिचित यो रिसोर्ट प्रसिद्ध धार्मिक स्थल डोलेश्वर महादेव मन्दिरबाट केवल २०० मिटर दूरीमा अवस्थित छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३९

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

वि.सं.२०८३ जेठ ११ सोमवार १५:११

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

वि.सं.२०८३ जेठ ११ सोमवार १५:०९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ जेठ १० आइतवार १०:२४

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ जेठ ७ बिहीवार १५:२०

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ जेठ ६ बुधवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...