back

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो

nactional life

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ९१ लाख रुपैयाँ थियो। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ५०.४५ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८७ करोड १ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब १९ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७.८७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा रहेको छ ।

माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माथिल्लो कर्णालीको १६ वर्षे ‘कागजी’ यात्रा: स्रोतको धनी राष्ट्र, उपयोगमा भने कछुवा गति

माथिल्लो कर्णालीको १६ वर्षे ‘कागजी’ यात्रा: स्रोतको धनी राष्ट्र, उपयोगमा भने कछुवा गति

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:४३

काठमाडौं । नेपाल विश्वमै प्रचुर जलस्रोतको धनी राष्ट्र भएपनि यसको...

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:०१

काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको...

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:५३

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी...

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

वि.सं.२०८३ वैशाख १६ बुधवार १०:५५

बाजुरा । मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१९०२ मे.वा.) को....

सरकारको ऊर्जा नीति सुधारले निजी क्षेत्र उत्साहित, तर कार्यान्वयनमा तीव्रता आवश्यक : इप्पान अध्यक्ष कार्की

सरकारको ऊर्जा नीति सुधारले निजी क्षेत्र उत्साहित, तर कार्यान्वयनमा तीव्रता आवश्यक : इप्पान अध्यक्ष कार्की

वि.सं.२०८३ वैशाख १६ बुधवार १०:३१

काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा ऊर्जा...

सरकारको १० वर्षे महत्त्वाकांक्षी योजना : साढे २४ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

सरकारको १० वर्षे महत्त्वाकांक्षी योजना : साढे २४ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

वि.सं.२०८३ वैशाख १४ सोमवार १२:१०

काठमाडौँ । नेपाल सरकारले आगामी १० वर्षभित्र मुलुकको ऊर्जा क्षेत्रमा...