back

बुधबार भारतमा कोभिडबाट ४१५७ को मृत्यु

nactional life

काठमाडौँ । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ को संक्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने व्यक्तिको संख्या बढी छ ।

तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ४ हजार १५७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको ज्यान गएको छ ।

भारतमा हाल कोभिड–१९ का २४ लाख ९५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ९१ हजार व्यक्ति कोभिबाट संक्रमणमुक्त भएका छन् । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो । पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार ९५५ जना संक्रमणमुक्त भएसँगै भारतमा हालसम्म कूल २ करोड ४३ लाख ५० हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा कोभिड–१९ बाट संक्रमणमुक्त दरमा सुधार भएर ८९.६६ प्रतिशत पुगेको छ । देशभर कोभिड–१९ बाट हालसम्म संक्रमित हुनेको कूल संख्या २ करोड ७१ लाख ५७ हजार रहेको छ ।

साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार २२ करोड १७ लाख नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड डोज खोप लगाइएको छ ।

२०७८ जेठ १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...