back

सिरियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु

काठमाडौँ । सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ । सिरियाली अधिकारीहरुले बुधबार यहाँको राष्ट्रपति पदका लागि शुरु भएको निर्वाचनमा मतदान भइरहेको बताएका छन् ।
समाचारमा जनाइएअनुसार यहाँ सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको बताएका छन् । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचन प्रक्रिया शुरु भएको बताइएको छ ।

बुधबार बिहानबाट शुरु भएको मतदान प्रक्रिया आज साँझसम्म नै जारी रहने बताइएको छ । सिरियाको सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचनको मतदान भएको छ । सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले मंगलबार सिरियामा देशभरमा गरेर १२ हजार ओटा मतदान केन्द्रहरु स्थापना गरिएको जानकारी दिए।

उनले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबार हुने मतदानको शान्ति सुरक्षाको पनि व्यवस्था मिलाइएको जानकारी दिए। उहाँले मतदानको कामलाई सुरक्षित रुपमा सम्पन्न गर्ने गरी तयारी भएको जानकारी पनि त्यस अवसरमा दिए ।

सिरियाका वर्तमान राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका छन् । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो ।
सिरियाका राष्ट्रपति असार अल असदका विरुद्धमा आन्दोलन चर्किएको थियो र जारी आन्दोलनमा भएका हिंसामा यहाँका ४ लाख भन्दा पनि बढी मानिसको ज्यान गएको छ ।

२०७८ जेठ १२ गते प्रकाशित


बिटकोइन ९० हजार डलरभन्दा माथि पुग्ने अनुमान, ट्रम्पप्रति क्रिप्टोकरेन्सीकाे पूर्ण विश्वस्त

बिटकोइन ९० हजार डलरभन्दा माथि पुग्ने अनुमान, ट्रम्पप्रति क्रिप्टोकरेन्सीकाे पूर्ण विश्वस्त

वि.सं.२०८१ कात्तिक २६ सोमवार १६:५२

काठमाडौं । बिटकोइनले आइतबार उच्चस्तरमा नयाँ रेकर्ड राखेको छ ।...

मौद्रिक नीति समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक

मौद्रिक नीति समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक २६ सोमवार १०:३२

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको...

ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १७:४४

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट...

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १०:५५

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ ।...

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि कमला ह्यारिसले ट्रम्पलाई दिइन् बधाई, अरु के भनिन् ?

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि कमला ह्यारिसले ट्रम्पलाई दिइन् बधाई, अरु के भनिन् ?

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १३:१३

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफूले...

सय खर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन

सय खर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन

वि.सं.२०८१ कात्तिक २२ बिहीवार ११:५९

काठमाडौँ । राष्ट्र बैंकले १०० अर्बका लागि जारी गरेको निक्षेप...