back

महुली लघुवित्तको ब्याजसँगै सञ्चालन आम्दानीमा उलेख्य वृद्धि

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २५.६२ प्रतिशत धेरै हो । गतवर्ष लघुवित्तले ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन थियो । लघुवित्तको खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा लघुवित्तको नाफामा बढोत्तरी भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५ करोड ८२ लाख रुपैयाँ छ । गतवर्ष कम्पनीको यस्तो आम्दानी १९ करोड ४० लाख रुपैयाँ थियो । त्यसैगरी लघुवित्तको सञ्चालन आम्दानी २५.६३ प्रतिशतले बढेर ५ करोड ७९ लाख रुपैयाँ छ ।

यस अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज ६ करोड ४ लाख कायम छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा उल्लेख्य बढेको छ । लघुवित्तको वितरणयोग्य नाफा ४ करोड ६१ लाख रुपैयाँबाट बढेर ५ करोड ७९ लाख रुपैयाँ छ ।

चालु आर्थिक वर्षको ९ महिनामा एक अर्ब ७५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर चार अर्ब ९२ करोड १५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ३० करोड ४२ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६२ पैसा छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ५१ पैसा छ ।

nactional life
Corporatebazar 11 Anniversary

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको...

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ माघ २५ आइतवार १२:२७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर...

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश...

आशा लघुवित्तको शेयरमूल्य समायोजन

आशा लघुवित्तको शेयरमूल्य समायोजन

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था...