प्रतिनिधि सभाको बैठक बस्दै: नीति तथा कार्यक्रममाथि छलफल हुने
वि.सं.२०८२ वैशाख २५ बिहीवार
काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार बिहान बस्दैछ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए
प्रकाशित समय : १०:३४ बजे





















