back

देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित तत्वहरु छट्पटाए : प्रधानमन्त्री ओली

nactional life

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरातनवादी तत्वहरु देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित रहेको बताएका छन् ।  प्रधानमन्त्री ओलीले पुरातनवादी तत्वहरु लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दै हिडेको बताएका हुन् ।

उनले भने, ‘यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरु काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन् । यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातनवादी तत्वहरु छट्पटाएका छन् । उसले दुई सय पचास वर्ष शासक भएर खाएको सम्झिएको छ । उनीहरु यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन् ।’ प्रधानमन्त्री ओलीले अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरुले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेको बताए । उनले आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्न समेत पछि नपरेको बताए ।

‘अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरुले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेका छन् । आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्ने भन्न पछि पर्दैनन् । यस्तो खालको असहिष्णुता र संकीर्णता बोक्नेहरुले लोकतन्त्र पचाउन नसकेका हुन् । यथार्थमा लोकतन्त्र श्रेष्ठ विकल्प हो । यसको विकल्प छैन, त्यसैगरी आशावादीता ठिक बाटो हो, यसलाई छोड्न हुँदैन,’ उनले भने ।

मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरुमा निराशा छाउनुको कारण के होला रु भन्ने प्रस्तोता विमल गौतमको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘केही फेसबुक र युट्युब र आँखामा कालो पत्ती बाँधेर हेर्ने दृष्टिकोण भएकाहरुका कारण निराशा छ भनेर मुलुकलाई बदनाम गर्न खोजिएको छ । त्यो यथार्थ होइन ।’

विगतमा आफू प्रधानमन्त्री हुँदा थालेका महत्वपूर्ण आयोजना र चालिएका कदमलाई तीव्रताका साथ पूरा गर्ने दृढता लिएर सरकार अघि बढिरहेकाले युवाहरुलाई निराश होइन, हामी आफैले आफ्नो देश बनाउन सक्छौँ भन्ने आशावादका साथ देशभित्रै केन्द्रित हुन आग्रह गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...