back
himalayan life

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिती छैन : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिती नरहेको बताएका छन् । मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौंभित्र स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति रहे पनि काठमाडौं बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छ भनेर भन्ने स्थिती छैन । तर टिक्ने कुरा असाध्यै मुस्किल छ । टिकाउने कुरा असाध्यै गाह्रो बनिरहेको छ । काठमाडौंभित्र स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति छ । तर काठमाडौं बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको स्थिती छ । त्यसैले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने र काठमाडौं बाहिर दुरदराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ती खटिने स्थिती हामीले बनाउन सक्नुपर्छ । त्यसका लागि उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी छ ।

जनशक्ति उत्पादन कम खर्चिलो, नागरिकको आर्थिक दायित्व नहुने राज्यको आवश्यकता भएको कारणले राज्यले लगानी गरेर उत्पादन गर्ने स्थिती हामीले बनाउन जरुरी छ ।’ साथै, उनले स्वास्थ्य जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ती प्रोत्साहित गर्ने र व्यक्तिगत उन्नयनका खुड्किलाहरुलाई सहज बनाउने स्थिती बनाउन जरुरी रहेको बताए । उनले २० वर्ष अगाडि काउन्सिलमा जति डाक्टरको संख्या दर्ता थियो त्यसको तीन गुणा, चार गुणा बढेको अवस्था भएपनि नेपालमा टिकाउन गाह्रो रहेको बताए ।

उनले भने, ‘जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ती प्रोत्साहित गर्ने र व्यक्तिगत उन्नयनका खुड्किलाहरुलाई सहज बनाउने स्थिती हामीले बनाउन जरुरी छ । २० वर्ष अगाडि काउन्सिलमा जति डाक्टरको संख्या दर्ता थियो त्यसको तीन गुणा, चार गुणा बढेको अवस्था छ । अबको पाँच, सात वर्षपछि गंगालालमा मुटु उपचारको विशिष्टता हासिल गरेको चिकित्सक अभाव हुने स्थिती छ । सातै प्रदेशमा क्यानसर सेवा विस्तार गरेका छौं । तर विज्ञापनको आधारमा फाराम भरेर जाँच दिनेहरुको फेरी कमि हुने छ । हामीहरुको उपचारात्मक प्रणालीमा जनशक्तिको प्रयाप्तता पुर्याउन आवश्यक छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

वि.सं.२०८३ असार ४ बिहीवार १८:१३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत गृह...

परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड

परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड

वि.सं.२०८३ असार ४ बिहीवार १७:१६

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का...

आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

वि.सं.२०८३ असार ४ बिहीवार १७:१४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन...

गोल्याण समूहको पियोर इनर्जीले आइजिन विवादमा मुद्दा हार्‍यो

गोल्याण समूहको पियोर इनर्जीले आइजिन विवादमा मुद्दा हार्‍यो

वि.सं.२०८३ असार ४ बिहीवार ११:२५

काठमाडौँ । पियोर इनर्जी लिमिटेडका ६४ लाख कित्ता शेयरलाई समान...

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

वि.सं.२०८३ असार ४ बिहीवार १०:५५

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चारदिने...

चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

वि.सं.२०८३ असार ४ बिहीवार १०:५३

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल...