back

‘अर्थतन्त्रको आकारमा सुधार भइरहेको छ’

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधु सुदन बुर्लाकोटीले अर्थतन्त्रको आकारमा सुधार हुनकासाथै आर्थिक वृद्धिदर बढ्दै गएको बताएका छन् ।

बुधबार नेपालको आर्थिक वृद्धि सम्बन्धी वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक कार्यक्रममा उनले यस वर्ष ४.६१ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान गरिएको भन्दै गत वर्षको भन्दा यस वर्ष अर्थतन्त्रका केही क्षेत्रहरु सकारात्मक हुदैँ गएको बताए ।

उनले भने, ‘पहिलो वर्षको आर्थिक वृद्धिदर ३.६७ प्रतिशतले हुने अनुमान गरिएको थियो भने यस वर्ष ४.६१ प्रतिशतले हुने अनुमान गरिएको छ । अर्थतन्त्रको आकारमा सुधार भएको छ र कोभिडपछि घट्दै गएको आर्थिक वृद्धिदर उकाली रहेको छ । विस्तारै सुधार हुदैँ गएको छ । गत वर्ष अर्थतन्त्रका केही क्षेत्रहरुमा नकारात्मक वृद्धिदर देखिएको थियो भने यस वर्ष ती क्षेत्रहरु सकारात्मक हुदैँ गएको छ । यसले निरन्तरता लिदै जाने छ ।’यस्तै, उनले तथ्यांक हेर्दा कृषिको क्षेत्र थोरै कमजोर भएको र कृषिको वृद्धिदर विगतको भन्दा थोरै घटेको जस्तो देखिए पनि गैर कृषि क्षेत्र बढ्दै गएको बताए ।

राष्ट्रिय लेखा अनुमान गर्न संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, आर्थिक विकास तथा सहयोगका लागि संगठन जस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा संयुक्त रूपमा विकास गरेको राष्ट्रिय लेखा प्रणालीले मार्गदर्शन प्रदान गर्दछ । यही मार्गदर्शनबमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय लेखा तथ्याङ्क अनुमान गरी प्रकाशन गर्दै आएको छ ।

नेपालमा पहिलो पटक आर्थिक वर्ष २०१८/१९ मा राष्ट्रिय लेखा अनुमान तयार गरिएको भएतापनि नियमित रूपमा यस्ता अनुमान प्रकाशन गर्ने कार्य आर्थिक वर्ष २०२१/२२ देखि भएको देखिन्छ ।

यसै क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय लेखाका प्रारम्भिक अनुमानका साथै अघिल्ला दुई वर्षको राष्ट्रिय लेखा अनुमानको परिमार्जन गर्ने अभ्यास बमोजिम आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमान र २०७९/८० को अन्तिम मान प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको राष्ट्रिय लेखाका प्रारम्भिक अनुमान तयार गर्दा उपलब्ध तथ्याङ्कको आधारमा छ देखि नौ महिनासम्मका उपलब्ध आँकडा प्रयोग गरिएको छ भने बाँकी अवधिको अनुमानका लागि तथ्याङ्कीय विधि प्रयोग गरिएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

वि.सं.२०८३ जेठ १० आइतवार ०७:२०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै...

पूर्वअर्थमन्त्रीसँग आगामी बजेटका लागि वाग्लेले गरे छलफल

पूर्वअर्थमन्त्रीसँग आगामी बजेटका लागि वाग्लेले गरे छलफल

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:४६

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट निर्माणका...

आर्थिक संकटको भुमरी चिर्न सरकारको नयाँ रणनीति: सार्वजनिक ऋणबारेको भ्रम चिर्दै अर्थसचिव उपाध्याय

आर्थिक संकटको भुमरी चिर्न सरकारको नयाँ रणनीति: सार्वजनिक ऋणबारेको भ्रम चिर्दै अर्थसचिव उपाध्याय

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:४०

काठमाडौँ । नेपालको अर्थतन्त्र सुस्तताको अवस्थाबाट गुज्रिरहेका बेला आगामी आर्थिक...