back
himalayan life

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता: कुवेतबाट नेपाल पैसा पठाउन सहज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक रेमिट्यान्स सेवा सम्झौता गरेको छ । बैंकले कुवेतमा रहेका नेपालीहरूले नेपालमा सहज रूपमा पैसा पठाउन सकून् भन्ने लक्ष्यका साथ सो सम्झौता गरेको हो । बिहीबार कुवेतको होटल मिलेनियम साल्मियामा आयोजित एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ सन्तोष कोइराला र अल मुजैनी एक्सचेन्जका महाप्रबन्धक ह्युज फरनेडबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

कार्यक्रममा बैंकका अध्यक्ष रोशन केसी, कुवेतस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत सुजनी राणा, गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, विभिन्न संघसंस्था र पत्रकारसहित दर्जनौं नेपालीहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा माछापुच्छ्रे बैंकले आफ्नै कभर गीत पनि सार्वजनिक गर्यो । गीतको रचना पूर्व सञ्चालक हरिभक्त सिग्देलले गरेका हुन् भने सार्वजनिक कार्य बैंक अध्यक्ष केसी र राजदूत राणाले संयुक्त रूपमा गरे ।

यस सम्झौतासँगै अब कुवेतभर रहेका १४५ शाखाबाट पठाइएको रकम नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखा, ९९ शाखारहित बैंकिङ सेवा केन्द्र, ११ एक्सटेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिनेछ । साथै, पठाइएको रकम नेपालका जुनसुकै बैंक खातामा तुरुन्तै जम्मा हुने व्यवस्था पनि गरिएको छ ।

माछापुच्छ्रे बैंकले यो सहकार्यसँगै विदेशमा रहेका नेपालीहरूलाई थप सहज र विश्वसनीय सेवा दिन प्रतिबद्ध रहेको जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...