back

गायक बन्ने सपना बोकेका हेमन्त, सारंगीले बनायो ‘स्टार’

भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा

nactional life

सारंगी कहिल्यै नमर्ने बाजा हो । हामीले नबजाएसम्म, नसुनेसम्म यसको जगेर्ना हुँदैन । यसका लागि नयाँ पिँढीलाई प्रोत्साहन गर्नुपर्छ । प्रोत्साहन गरियो भने गीत र बाजाको संरक्षण यसै हुन्छ । सारंगीलाई राष्ट्रिय बाजा घोषणा गरेर राज्यले वादकहरुलाई संरक्षण गर्न आवश्यक छ ।
हेमन्त कान्छा रसाइली
गायक एवम सारंगी वादक

सारंगी मेरो जिन्दगी हो : हेमन्त कान्छा

काठमाडौं । हेमन्त कान्छा रसाइली अर्थात् सारंगी वादक । लोकप्रिय गायक । मौलिक गीतका सर्जक । कुशल संगीतकार । परिचय अनेक छन् । त्यसैले उनी बहुप्रतिभाशाली छन् ।
तीमध्ये एउटा परिचय मिठो लाग्छ उनलाई–‘सारंगी वादक हेमन्त कान्छा रसाइली’ । उनको लगाव गायनमा थियो, भविष्य सारंगी बन्यो र सारथी पनि ।

उनले सारंगीको जगेर्ना गरेका छन् भने सारंगीले उनको भविष्य जगेर्ना गरिदिएको छ । सारंगी जति रेट्छन्, उति तिखारिँदो छ भविष्य । भन्छन् ‘मेरो करिअरको सुरुवात गायनबाट भयो । तर सफलताको श्रेय सारंगीलाई दिन्छु । मेरो चिनारी यही हो । मेरो साथी र जिन्दगी नै सारंगी हो ।’
हेमन्तले संघर्षका ती दिनहरु सम्झिए, जतिबेला उनीसँग केवल दुई विकल्प थिए । ०५८/५९ सालतिरको कुरा हो । एकदिन ठमेल बजारतिर डुल्दै थिए । सानैदेखि गीत/संगीतमा लगाव राखेका उनको नजर सारंगीतिर पर्यो ।

चार सय रुपैयाँ तिरेर नयाँ सारंगी किने । कहिले रातको १२ बजेसम्म बजाउँथे त कहिले बिहान चारै बजे उठ्थे र समाउँथे सारंगी । तपस्या गरेजत्तिकै, लगाव झन् बढ्यो । आफूप्रतिको त्यो कठोर तपस्याले सारंगी प्रभावित भयो र उनलाई चिन्यो । तर विडम्बना, हेमन्तले चिनेनन् १ गायकीको भूत उनीमा सवार थियो ।

०६२/६३ सालतिर ‘काँचो सुन्तला’ गीतमा उनी आफैँले बजाएका थिए सारंगी । त्यसपछि २०÷२५ वटा गीतमा बजाए । त्यतिबेला अलिकति लाज लाग्यो । ‘धुन पो बिगारेँ’ कि भन्ने डर भयो, टुंगियो सारंगीसँगको यात्रा १ ‘गायक नै बन्छु’ भन्ने अठोटका साथ यताउति भौतारिए, गाए पनि । गाएका सबै गीतबाट राम्रो प्रतिक्रिया त पाए तर सफल हुन सकेनन् । जति उनले सोचेका थिए । जिविकोपार्जन गर्नैै कठिन भयो ।

उनले भने, ‘म सारंगी वादक कसरी भए यसको लामो कहानी छ । सारंगीप्रतिको लगाव, झुकाव, सारंगीले जितेको मन र धुनले लोभ्याएको मन साथै ति पलहरु अविश्मरणीय छन् । खासगरी म गायक नै बन्छु भनेर सांगीतिक क्षेत्रमा होमिएको मान्छे हुँ । म काठमाडौं २०५४÷५५ सालतिर आएको हुँ । पारिवारिक माहोल गायनमा चाँही होइन । बाजे, बुबा हाम्रो पुर्खा कसैले पनि सारंगी बजाउनु भएन् । त्यसैले बाल्यकालमा गीत संगीतप्रति धेरै नै लगाव थियो । पहिला जब मैले क्यासेटमा सारंगीको धुन सुनें तब मात्र मलाई लोभ्यायो । व्यवसायिक रुपमा चाँही बजाउँछु भन्ने सोच थिएन । गायक नै बन्छु भनेर धेरै वर्ष म भौतारिए । दोहोरी साँझमा काम गरें । धेरै वर्षदेखि संघर्ष गर्दै आएँ । साथ, सहयोग एवम लगानी कसैबाट मिल्न सकेन ।’ यसैगरी उनले भविष्य अन्धकार लाग्न थालेपछि हात लागे दुई विकल्प । सारंगी बजाउने या विदेश जाने । त्यसबेला सारंगी फेरि किनारा लाग्यो । रोजाईंमा पर्यो ‘वैदेशिक रोजगार’ ।

उनले संघर्षका कथाहरु सुनाउने क्रममा भन्दै गए–‘जापानमा भविष्य राम्रो छ’ भन्ने सुनेका थिएँ, त्यतै जाने तयारी थालें ।’ सोचेका थिए, ‘जापानमा सारंगी बजाएर अथवा सिकाएर भएपनि ज्यान पाल्छु ।’ तर सोचेजस्तो भएन, पैसा फस्यो । ‘प्लान चौपट’ । न यता न उता १’ उनले भने, ‘म सँग नजिकको कम्पनी नभएका कारण र कुनै आधार नभएकाले गायक बन्न सकिन् । दोहोरी साँझमा काम गर्दै आएको पैसाले एल्बम निकाल्ने साथै जिविकोपार्जन पनि गर्ने भन्दै अगाडि बढ्दै गए ।’
जापान जाने लहड २०६९/७०/७१ को बीचमा हो । गीत गाएर जिविकोपार्जन गर्न सकिदैन, बाँच्न सकिदैन र भविष्य निर्धारण हुँदैन भनेर विदेशिने सोचेको उनले बताए । ‘त्यसबेला जापानीज भाषा पनि सिकें । लाग्ने खर्च पनि जोहो गरें । तर दलालीहरुले पैसा हिनामिना गरे । भिसा पनि लागेन, त्यसपछि म हैरान भएँ,’ उनले विगत सुनाए ।

हेमन्त कान्छाले सारंगीमार्फत अहिलेसम्म १६ हजार गीतमा वाद्यवादन गरिसकेका छन् । जसमा उनका धेरै सुपरहिट गीतहरु पनि पर्छन् । हेमन्तले भने,‘सिक्दै जानेक्रममा मैंले सम्राट आइडलका रुपमा झलकमान गन्र्धवलाई लिएँ । जसले मलाई यहाँसम्म पुर्याउन ठूलो मद्दत पुर्यायो । दुःखका दिन त छँदैछन् तर पनि सारंगी वादकका रुपमा १६ हजार गीतमा धुन दिए । जसमा धेरै सुपरहिट गीतहरु छन्,’ उनले अगाडि भने,‘सारंगी वादन कठिन काम हो । सिक्नका लागि तपस्या नै गर्नुपर्छ । गहिराइमा डुब्नुपर्छ । जोकोहीले सारंगी बजाउन सक्दैन ।’

यसैगरी हेमन्तले आफूले जस्तै सारंगी बजायो भने सारंगीको जगेर्ना गर्न सकिने बताए । उनले भने, ‘सारंगी कहिल्यै नमर्ने बाजा हो । हामीले नबजाएसम्म, नसुनेसम्म यसको जगेर्ना हुँदैन । नयाँ पिँढीलाई प्रोत्साहन गर्नुपर्छ । यस्ता गीत र बाजाको संरक्षण यसै हुन्छ । सारंगीलाई राष्ट्रिय बाजा घोषणा गरेर राज्यले सारंगी वादकहरुलाई संरक्षण गर्न आवश्यक छ ।’ यसैगरी हेमन्त कान्छाले आफ्नो गरिखाने भाँडो भनेको सारंगी भएको बताए । उनले नाङ्गो शरीर, भोको पेट र इच्छा चाहना पुरा गर्ने सारंगी नै आफ्नो जिन्दगी भएको बताए ।

उनले भने, ‘मौलिक बाजा मादल, सनाइ, सारंगी सुनिरहनुभएकै छ । केही बाजाहरु लोप भइरहेका छन् । सारंगी पछिल्लो समय माथिल्लो स्तरमा आइसकेको छ । पहिला लोप हुने अवस्थामा पुगेको थियो । प्रत्येक गीत, प्रत्येक घरमा सारंगीको प्रयोग हुँदा अवस्था फेरिएको छ ।’
गीत गाउने आफ्नो सपना मात्र भएकाले यसलाई पार्ट टाइमका रुपमा लिएको उनले सुनाए । ‘मेरो पेसा वा गरिखाने भाँडो भनेको सारंगी नै हो । मेरो नाङगो शरीर ढाक्ने, भोको पेट र इच्छा चाहना पुरा गर्ने यही हो,’ उनले भने ।

सुरुमा बजाएको ‘लै लै लै लै।।।।सारंगी रोयो’ भन्ने गीत दिनेश राउतको निर्देशनमा र उदयराज पौडेलको एरेन्जरमा सारंगीको धुन दिएको र पछि चलचित्रमा बजाउन थालेको उनले बताए ।
सङघर्षको समयमा सपोर्ट नगर्ने व्यक्तिहरुकै कारण आफू यहाँसम्म आइपुगेको हेमन्त गर्वका साथ भन्छन् । सबैले इग्नोर गरेकाले थप मेहेनत गर्ने सौभाग्य मिलेको उनले बताए ।

उनले भने, ‘सफलता पाउँछु भनेर काम गरिँदैन । कुनै पनि काम म त्यो ठाउँसम्म पुग्छु भनेर योजना बिना त चल्दैन । जीवन चल्न योजना चाहिन्छ । यतिनै गीतमा धुन भरौंला भन्ने थिएन । तर कठोर संघर्ष गर्दै जाँदा हुँदोरहेछ । सङघर्षको समयमा सपोर्ट नगर्ने व्यक्तिहरुका कारण हालको अवस्थामा छु । किनभने सबैले वाह वाह गरेको भए, सपोर्ट सपोर्ट गर्ने र एल्बम निकाल्न सहयोग गरेको भए यहाँसम्म आइपुग्ने थिइन् । जसले मलाई इग्नोर गर्नुभयो उहाँहरुकै कारण म यहाँ आइपुगेको छु ।’
हेमन्त कान्छा सारंगी वादकको रुपमा विदेशतिर जान नपाएको गुनासो गर्छन् । उनी भन्छन्, ‘सारंगी बादनमा भन्दा पनि गायनका लागि भर्खरै युके गए । धेरै पहिला दुबई गएको थिए । मेरो प्रतिभा प्रष्फुटन नभएर होला कि कन्र्सटहरुका लागि विदेशतिर जान पाएको छैन ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलपी ग्यासको अनुदान खारेज गरिँदै, १० वर्षसम्म विद्युतीय चुल्होमा प्रोत्साहन

एलपी ग्यासको अनुदान खारेज गरिँदै, १० वर्षसम्म विद्युतीय चुल्होमा प्रोत्साहन

वि.सं.२०८३ जेठ ४ सोमवार १६:३१

काठमाडौँ । भान्सामा दैनिक पाक्ने खानासँगै नेपाली अर्थतन्त्रले एउटा गम्भीर...

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु

वि.सं.२०८२ माघ २६ सोमवार १२:२५

जनकपुरधाम । मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु...

पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

वि.सं.२०८२ माघ २४ शनिवार १९:३४

ललितपुर । ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसर विहानैदेखि मानिसहरूको...

नेपालको ठूलाे गहिराे सुन्दर रारा ताल (तस्विरहरू)

नेपालको ठूलाे गहिराे सुन्दर रारा ताल (तस्विरहरू)

वि.सं.२०८२ माघ १९ सोमवार १९:२५

रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो। यो...

पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १६:४५

काठमाडौँ । नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

वि.सं.२०८२ मंसिर १६ मंगलवार ०९:४४

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर महादेवको...