back
nactional

बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ बजारबाट झिक्दै

काठमाडौं । बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ। केन्द्रीय बैंकले २१ दिनको अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत सो रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट नगद संकलन गर्दै आएको छ। त्यसै शृङ्खलामा आज पनि राष्ट्र बैंकले निक्षेप संकलनको अल्पकालीन उपकरणमार्फत तरलता व्यवस्थापन गर्न लागेको हो। केन्द्रीय बैंकले यो उपकरणमार्फत बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता घटाउने प्रयास गरेको बताएको छ।

आज बुधबार वैशाख ३ गतेका लागि तय गरिएको निक्षेप संकलन उपकरणमा सहभागी बन्नका लागि बैंक तथा वित्तीय संस्थाहरूले अनलाइन बिडिङ प्रणालीमार्फत दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने छन्। यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन पाउनेछन्।

निक्षेप संकलनमा सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणफलमा निःशेष भाग जाने गरी माग गर्न सक्ने छन्। यस उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। संकलित निक्षेपको साँवा र ब्याज वैशाख २४ गते भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।

हाल बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएको र सोले बजारमा ब्याजदरमा अस्थिरता ल्याउने सम्भावना देखिएको अवस्थामा, राष्ट्र बैंकको यो कदमले मौद्रिक सन्तुलन कायम राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। वित्तीय विश्लेषकहरूका अनुसार यस्तो कदमले मुद्रास्फीति नियन्त्रण, ऋण प्रवाहमा अनुशासन र सम्पूर्ण वित्तीय प्रणालीमा स्थिरता ल्याउनेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

वि.सं.२०८३ भदौ २ मंगलवार १६:५१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका...

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

वि.सं.२०८३ भदौ १ सोमवार ०७:४४

काठमाडौँ। नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...