back
Naima

‘ग्रीन ट्याक्सोनोमी’ र ‘क्लाइमेट फाइनान्सिङ’वारे अध्ययन गर्न समझदारी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० र पायोनियर ल एसोसिएट्स ९पीएलए०बीच जलविद्युत आयोजना विशेष ग्रीन ट्याक्सोनोमी सम्बन्धी नीति अध्ययनका लागि समझदारी भएको छ ।

शुक्रवार इप्पान सचिवालय कमलादीमा इप्पानका अध्यक्ष गणेश कार्की र पायोनियर ल का सञ्चालक अनुपराज उप्रेतीले एमओयूमा हस्ताक्षर गरी समझदारीपत्र आदान प्रदान गरेका छन् ।

सरकारले २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पु¥याउने मार्गचित्र अघि सारेपछि त्यसका लागि आवश्यक पुँजी ग्रीन फाइनान्सिङका माध्यमबाट पनि ल्याउन सकिने देखिएकाले इप्पानले यो अध्ययन कार्य अघि बढाएको र यस अध्ययनले सरकारलाई पनि ग्रीन फाइनान्सिङ सम्बन्धी नीति निर्माणका लागि सहयोग पु¥याउने इप्पानका अध्यक्ष गणेश कार्कीले विश्वास व्यक्त गरे ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले देश विकासका लागि कृषि, ऊर्जा र पर्यटन प्रमुख क्षेत्र भएपनि ऊर्जाबाट अरुभन्दा छिटो नतिजा ल्याउन सकिन्छ भन्ने कुरा सरकारले महसुस गरेकोले निजी क्षेत्रले ऊर्जाबाट देशलाई समृद्ध बनाउने विषयमा विभिन्न अध्ययनहरु अघि बढाएकोमा ग्रीन ट्याक्सोनोमी सम्बन्धी अध्ययन त्यसैको एउटा पाटो भएको बताए ।

पायोनियरका सञ्चालक अनुपराज उप्रेतीले इप्पानसँग मिलेर ग्रिन ट्याक्सोनोमीसम्बन्धी अध्ययन गर्न पाउँदा उत्साहित भएको बताए । उनले विद्युत विधेयकका वारेमा पनि यस अघि अध्ययन गरिसकेकोले ऊर्जा क्षेत्रको यो अध्ययनलाई लिएर पनि उत्साहि रहेको बताएका हुन् ।

सम्झौताअनुसार पायोनियरले मुख्यतया तीनवटा विषयमा केन्द्रित रहेर अध्ययन गर्नेछ । जलविद्युत आयोजना विषेष ग्रीन ट्याक्सोनोमी सम्बन्धी गाइडलाइन्स निर्माणवारे अध्ययन गर्ने, नेपालको हाइड्रोपावर क्षेत्रलाई सहयोग पुग्ने ग्रीन ट्रान्जिसनका लागि वकालत गर्ने र नेपालको जलविद्युत आयोजनाको क्षमता वृद्धिका लागि क्रलाइमेट, ग्रीन र इनर्जी फाइनान्सिङका अवसरहरुवारे अध्ययन गर्ने छ ।

यस अध्ययनले नेपालका जलविद्युत आयोजनाहरुलाई कस्तो मोडेलको ग्रीन ट्याक्सोनोमी आवश्यक छ भन्ने विषयमा विश्वका उत्कृष्ट मोडलहरुको अध्ययन गरी नेपाली माटो सुहाउँदो मोडल सिफारिस गर्ने छ ।

त्यस्तै यस अध्ययनमा कार्बन ट्रेडिङका मुद्दाहरुवारे पनि अध्ययन गरी निजी क्षेत्रका जलविद्युत आयोजना र सरकारबीच पुलको काम गर्ने निकाय र आवश्यक नीतिवारे पनि खोज गरिने छ ।
अध्ययनलाई सफल बनाउन पायोनियरबाट ४ र इप्पानबाट ३ जना सदस्य रहने संयुक्त कार्यसमिति गठन गरिने छ । उक्त कमिटिले आगामी अगस्ट २०२५ ९भदौ, २०८२०भित्र अध्ययन रिपोर्ट तयार पारी इप्पानलाई हस्तान्तरण गर्ने छ ।

एमओयू हस्ताक्षर कार्यक्रममा इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष आनन्द चौधरी, महासचिव बलराम खतिवडा, कार्यसमिति सदस्य टीएनआचार्य, सुमन जोशी, प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायत सहभागी थिए भने पायोनियरका तर्फबाट सञ्चालक अनुपराज उप्रेती,आर्या अर्याल लगायत सहभागी थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...