back
Naima

चोभार सुख्खा बन्दरगाहमा पहिलो पटक चिनियाँ कन्टेनर, उत्साहित छन् व्यवसायी

काठमाडौं । चिनियाँ नाकाबाट आएका सामान सोझै चोभार सुख्खा बन्दरगाहमा ल्याउने प्रक्रिया शुरु भएको छ ।

शुक्रबार पहिलो पटक तातोपानी नाका हुँदै चिनियाँ कन्टेनर चोभार सुख्खा बन्दरगाहमा ल्याइएको छ ।

यसअघि तातोपानी र रसुवामा भन्सार जाँचपास भएका सामान मात्रै सुख्खा बन्दरगाहमा ल्याइने गरेको थियो । अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को दफा ८९(च)बमोजिम चिनियाँ नाकाबाट पनि भन्सार जाँचपास नगरी सोझै चिनियाँ मालबस्तु चोभार बन्दरगाहमा ल्याउन कानुनी बाटो खोलेसँगै पहिलो पटक चिनियाँ कन्टेनर यहाँ आएका हुन् ।

चीनको चहच्याङ प्रान्तको इयु शहरबाट सुरु भएको नयाँ ढुवानी प्रणालीमार्फत् रेल र सडकमार्ग हुँदै नेपालमा पहिलोपटक सामान ल्याइएको हो । इयुबाट झण्डै २५ सय किलोमिटर रेलमार्फत् सामान सिगात्से ल्याइएको थियो । त्यहाँबाट पाँच सय किलोमिटर सडकमार्ग हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका पारगरी शुक्रबार काठमाडौंस्थित चोभारको सुख्खा बन्दरगाहमा तीन कन्टेनर सामान आइपुगेका हुन् ।

यसअघि चीनको इयुबाट नेपालमा गाडी मात्रै आयात गरिएको थियो । पहिलोपटक इयूबाट नेपाल भित्रिएको हो ।

चीनका आर्थिक तथा व्यावसायिक कन्सुलर से युइले चोभार सुख्खा बन्दरगाहामा सामान आइपुगेपछि ऐतिहासिक उपलब्धि भएको बताउँदै खुसी व्यक्त गरेका छन् ।

‘चीनको चहच्याङबाट नेपालको सुख्खा बन्दरगाह काठमाडौँसम्म पहिलो नन–स्टप रेलवे ढुवानीको सफल सुरुवात भएको छ । यो ऐतिहासिक क्षणले चीन र नेपालबीचको सीमापार व्यपारमा नयाँ युगको संकेत मात्र गर्दैन, चीन र नेपालबीचको आर्थिक तथा व्यापारिक सहकार्यको जग पनि बलियो बनाउँछ,’ उनले भने ।

अहिलेका लागि इयूबाट सातामा ३६ कन्टेनर ल्याउन सकिने भएको छ । इयूको रेलमार्गबाट सिगात्सेसम्मका लागि चीनले अहिले नेपालका लागि सातामा ३६ वटा कन्टेनर छुट्याएको छ । उक्त रेलमार्गबाट चीनका विभिन्न स्थानमा सामान ढुवानी गर्नुपर्ने भएकाले अहिलेका लागि नेपालका वस्तुहरुका लागि यति कन्टेनर व्यवस्था गरिएको हो ।

सामान आयातको सहजीकरण डाइरेक्ट बाइ सर्भिस प्रालिले गरेको हो । प्रालिका अध्यक्ष सुशील थापाका अनुसार यो नयाँ मार्गले सामान ढुवानी समय उल्लेख्य रूपमा घटेको छ । व्यापारीका लागि ढुवानी लागत पनि कम हुने थापाले बताए ।

डाइरेक्ट बाइले चीनमा स्याउ युएन शिगात्से इन्डस्ट्रियल कम्पनी लिमिटेडसँग समन्वय गरेको थियो ।

‘इयुबाट समुद्रमार्ग हुँदै नेपाल आइपुग्न ४५ देखि ६० दिन लाग्छ, सडकमार्गबाट २० देखि ३० दिन लाग्छ,’ अध्यक्ष थापाले भने, ‘अब भने सिगात्सेसम्म रेल र त्यसपछि सडकमार्ग प्रयोग गर्दा सामान जम्मा एक सातामै नेपाल आइपुग्ने देखिएको छ ।’

थापाका अनुसार यो प्रणालीले व्यापारलाई सहज बनाउनुका साथै ढुवानी खर्चमा समेत कटौती गर्नेछ ।  थापाले व्यापारीहरूलाई नयाँ अवसरको ढोका खुल्ने र नेपालमा सामान अझ सुरक्षित रुपमा ढुवानी हुने बताए ।

उक्त नयाँ ढुवानी प्रणालीले नेपाली व्यापारीलाई समयमै सामान उपलब्ध गराउन सहयोग पु¥याउने र निकट भविष्यमा नेपाल–चीन व्यापार अझ सहज र छिटो हुने अपेक्षा गरिएको छ ।

तातोपानी र  रसुवागढीमा ठाउँ र जनशक्तिको अभाव हुनेको गरेको पनि थापाले जानकारी दिए । उनले अब चोभार सुख्खा बन्दरगाहमा जाँचपासको अवस्था कस्तो छ हेर्न बाँकी रहेको बताए ।

यसैगरी चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको कार्यालय प्रमुख उषा पोखरेलले जाँचपास हुनका लागि भन्सार कार्यालयमा कन्टेनरहरु आएको जानकारी दिइन् । उनले गोदाममा थन्क्याएर आफ्नो अनुकुलता अनुसार जाँचपास गराउन सक्ने सुविधा  भएका कारणले पनि डाइरेक्ट बाइ सर्भिस प्रालिले जाँचपासका लागि चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालय रोजेको बताइन् ।

उनले भनिन्, ‘यहाँ जाँचपासका लागि कन्टेनरहरु आएका छन् । यो सकरात्मक पक्ष हो । आर्थिक वर्षका लागि ८४ करोड राजश्वको लक्ष्यमा छौं । यसले थप उत्साह थपेको छ । अब कन्टेनरहरुको संख्या बढ्दै जाँदा जाँचपासका प्रक्रिया बढ्दै  जाने भएकाले राजश्व पनि वृद्धि हुने आशावादी छौं । यहाँबाट जाँचपास गराउँदा गोदाममा मालबस्तु थन्क्याएर आफ्नो अनुकुलता अनुसार जाँचपास गराउन सक्ने सुविधा  भएका कारणले पनि उहाँहरुलाई पनि सहज हुन्छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...