back

फिल्म र नाटकको अभिनय सामान्य होइन तर फरकपन छ : दिब्यदेव

नाटकमा अब्बल दिब्यदेव ‘पिताम्बर’ र ‘कर्मा’मा एकसाथ
काठमाडौं । रंगमन्चमा स्थापित कलाकार दिब्यदेव पन्त पछिल्लो समय फिल्मको अभिनयमा व्यस्त छन् । सकरात्मक र नकरात्मक दुवै भूमिकामा फिट हुने गरेका पन्त निर्माता र निर्देशकहरुको रोजाइमा पर्छन् ।

अंग्रेजी र नेपाली नाटकहरुमा अब्बल अभिनय गरेर खारिएका पन्त पछिल्लो समय निरन्तर फिल्ममा इन्गेज छन् । ‘हिजो आजका कुरा’, ‘रुदाने’, ‘चिसो एस्ट्रे’ हुँदै हाल ‘पिताम्बर’मा खलनायकका रुपमा देखिदैछन् । त्यसपछि उनी ‘कर्मा’मा पनि देखिनेछन् । तर उनी यतिबेला ‘पिताम्बर’को प्रमोसनमा सक्रिय छन् ।

‘फिल्म कत्तिको चल्ने हो यत्तिकै भन्न सक्दिन तर उत्साहित छु । कौंतुहलता र डर दुवै महसुस भइरहेको छ । राम्रो टीमसँग काम गरेकाले विश्वस्त छु,’ न्यूज बैंकसँगको कुराकानीमा उनले भने, ‘फिल्म नाटक जस्तो नहुने रहेछ । आज बिग्रयो भोलि केही सुधारौंला भन्न नसकिने रहेछ । फिल्ममा अभिनय गरेपछि सकियो ।’

हरेक फिल्ममा केही सन्देश हुन्छ तर पिताम्बर एक्सन फिल्म भएको उनी बताउँछन् । ‘यो फिल्म सन्देश नै दिने हिसाबले बनाइएको चाँही होइन । मनोरञ्जनात्मक भएकाले यो एक्सन फिल्म हो । हलमा दुई घण्टा बसेर हेर्दा भरपुर मजा लिन सकिन्छ । स्थापित कलाकारहरुको अभिनय भएकाले यसले उचाइ अवश्य लिनेछ,’ उनले विश्वास व्यक्त गरे ।

खलनायक चरित्र निर्वाह गरेको र एउटा साम्राज्य जमाएर बसेको भूमिका आफूले निभाएको उनले सुनाए । कृषा चौंलागाईको निर्देशन प्रशंसनीय रहेको उल्लेख गर्दै उनले भने,‘निर्देशकहरु महिला पुरुष जे भएपनि निर्णय गर्ने भनेको कमान्डिङ क्षमताको कुरा हो । उहाँमा कुनै कतै पनि कमी देखिएन । कथामा पकडदेखि टेक्निकल नलेजसम्म सबैकुरामा उहाँ राम्रो हुनुहुन्छ । एकजनाले मात्र पनि होइन पूरै टिमको भूमिका उत्कृष्ट छ ।’

नाटक र फिल्म दुबैमा चुनौति उस्तै भएपनि अभिनय भिन्न हुने गरेको उनको अनुभव छ । ‘माध्यम फरक भएपनि गर्नुपर्ने भूमिका भनेको अभिनय नै हो । नाटकमा लाइभ अडियन्सको साथमा गरिन्छ भने फिल्ममा सानो सानो टुक्रा टुक्रामा गर्दागर्दै एउटा ठूलो बन्छ । फिल्ममा टेक्निकल कुरा बढी हुने गर्छ । स्टेजमा गएपछि निर्देशकले हस्तक्षप गर्दैनन् । जिम्मेवारी आफ्नै हुन्छ र रमाइलो उत्तिकै हुन्छ,’ उनले अनुभव सुनाए ।

फिल्म पिताम्बरको टीमले ठूलो मेहेनत गरेकाले सकरात्मक प्रतिक्रिया आउनेमा उनी ढुक्क छन् । ट्रेलर, टिजर, गीत सबैको प्रतिक्रिया राम्रो आएकाले दर्शकहरुले आशा गरेको चलचित्रमा बनेको उनको दाबी छ ।

फिल्म ‘महाजात्रा’मा पनि आफूले अभिनय गरेको र लामो समय रंगमन्चमा विताएकाले धेरै दर्शकहरुले माया गर्नुभएको उनले सुनाए । ‘हुनत दर्शकहरुको धारणा बुझ्न गार्हो हुन्छ । मूल्यांकन उहाँहरुले नै गर्ने हो । ‘पोइट आइडल’ले पनि मलाई चिनाउन सहयोगी भूमिका खेल्यो,’ उनले भने ।
कविताहरु धेरै पढेको तर आफैंले भने सिर्जना नगरेको बताएका उनले साहित्यप्रति आफू ठूलो झुकाव रहेको पनि सुनाए । फिल्म ‘कर्मा’ सस्पेन्स र एक्सन ड्रामा भएकाले आफू प्रहरी निरीक्षकका रुपमा भूमिका निर्वाह गरेको उनले बताए । दुईवटै फिल्ममा आफूले गरेको अभिनय एकदमै सशक्त भएकाले दर्शकहरुले रुचाउनेमा विश्वस्त छन् ।

‘म सुदूरपश्चिममा हुर्किएको मान्छे हुँ । मेरो पहिलो भाषा डोटेली, दोस्रो नेपाली र तेस्रोमा हिन्दी र चौथोमा अंग्रेजीे भाषा पर्छ । तर अपनत्व र सहजता नेपाली नाटकहरुमा हुन्छ । अंग्रेजी नाटक गर्दा अलि नहुने रहेछ । तर विश्वप्रसिद्ध नाटकहरुमा मैले काम गर्ने मौका पाए । तर लेखाइ, पात्रको गहनताको प्रभाव छुट्टै हुन्थ्यो,’ नाटकको अभिनयबारे सुनाउँदै भने,‘अंग्रेजी नाटक गर्दा मजा आउथ्यो तर नेपालीको मजा फेरि छुट्टै हुन्छ ।’

फिल्म र नाटक दुवैलाई नै सँगै अगाडि लाने सोचमा रहेको बताएका उनले चाँडै नाटकमा पनि देखिने बताए । ‘मैंले लगभग ३० वटा जति नाटक गरें । फिल्म रिलिज भइ सकेका, हुन लागेका र हुने क्रममा रहेका १५ वटा जति पुग्यो होला । यो सबै हेर्दा नेपाली चलचित्रको बजार आशावादी हुनसकिन्छ । अघिल्लो वर्ष मात्रै नेपाली फिल्मले ७५ करोडको व्यापार गर्नु सामान्य कुरा होइन,’ उनले भने ।

शुक्रबारबाट रिलिज हुने ‘पिताम्बर’कृषा चौलागाईंको निर्देशनमा बनेको चलचित्र हो । यसमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ । विशाल चौलागाईं निर्माण गरेका हुन् ।

त्यस्तै, शुक्रबार नै रिलिज भइरहेको फिल्म ‘कर्मा’मा पनि दिब्यदेवको जोडदार अभिनयमा देखिदैछन् । कर्मामा कलाकारहरू विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकारलाई छन् ।

 

nactional life
Corporatebazar 11 Anniversary

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १२:३२

काठमाडौँ ।आज मे १ अर्थात् १३७औँ विश्व मजदुर दिवस ।...

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३४

मातातीर्थ औँसी अहिले दुई फरक धारको संगममा उभिएको देखिन्छ ।...

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

वि.सं.२०८२ चैत २५ बुधवार ११:०७

परम्परागत विद्यालय प्रणालीमा समेट्न कठिन हुने भएकाले विशेष शिक्षण विधि,...

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५७

सन्दर्भ : विश्व अटिजम जागुरकता दिवस अटिजम कुनै आमाको गल्तीले...

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

वि.सं.२०८२ चैत १८ बुधवार १२:०३

डा.अन्जली पण्डित बाल क्यान्सररोग विशेषज्ञ काठमाडौं । नेपालमा प्रत्येक वर्ष...

नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार

नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार

वि.सं.२०८२ चैत १७ मंगलवार ११:१७

सर्वोच्च अदालतको इतिहासमा अहिलेसम्म एक जना पनि दलित न्यायाधीश नहुनु...