back
Naima

होटल ईच्छाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौं । बाराको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि होटल ईच्छाले हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा होटलका सीईओ रेवन्त प्रसाद धौभडेल र हिमालयन क्यापिटलका सीईओ परमेश्वर पन्तले हस्ताक्षर गरे ।

सम्झौतापत्रमा संस्थापक अध्यक्ष ईच्छा बहादुर वाग्ले, सञ्चालक मुनसन वाग्ले, शेयरधनी लालकाजी खड्का, गोकर्ण खतिवडा, सञ्जोग बिक्रम कुवँर तथा हिमालयन क्यापिटलका प्रमुख सञ्चालन अधिकृत राम प्रसाद भट्टराई समेत उपस्थित थिए ।

२०० करोड अधिकृत पुँजी र १५० करोड जारी पुँजी रहेको होटल ईच्छाले जारी पुँजीको २० प्रतिशत, अर्थात् ३० करोड रुपैयाँ बराबरका ३० लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो । २०७४ सालमा बाबा रामदेवबाट उद्घाटन गरिएको होटल ईच्छा २०७९ सालमा मधेश प्रदेशकै पहिलो पाँचतारे होटलको मान्यता प्राप्त गर्न सफल भएको हो । आर्थिक वर्ष २०८०/८१ को श्रावण १ गतेदेखि यो होटल पब्लिक कम्पनीको रूपमा सञ्चालनमा आएको छ ।

व्यक्तिगत लगानीबाट सुरु गरिएको होटलले अहिले विभिन्न व्यवसायीक घरानाका व्यक्तिहरूलाई प्रवर्द्धकका रूपमा समेट्दै १२० करोड रुपैयाँ चुक्ता पुँजी बनाइसकेको छ ।

५ विगाहाभन्दा बढी क्षेत्रमा फैलिएको होटलमा सुविधा सम्पन्न १०० कोठा, स्वीमिङ पुल, स्पा, क्यासिनो, क्लब हाउस, ब्याङ्क्वेट हललगायत सेवा-सुविधा उपलब्ध छन् ।

यस आर्थिक वर्षमा वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डमा अनुमति लिई, आगामी वर्षभित्र सर्वसाधारणमा सेयर निष्कासन गर्ने योजना रहेको प्रमुख प्रवर्द्धक वाग्लेले जानकारी दिए ।

हाल सञ्चालनमा रहेको मिनी क्यासिनोलाई स्तरीय बनाउन नयाँ भवन निर्माण कार्य अघि बढाइएको छ । पाँचतारे क्यासिनो सेवा छुट्टै भवनबाट सञ्चालन गरिनेछ ।

भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहसँग सहकार्य गर्दै होटलको सञ्चालन जिम्मा दिने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । सोही अनुसार होटलको स्तरीकरण र रिनोभेसन कार्य तीव्र रूपमा भइरहेको छ ।

भारतको बिहार प्रदेशबाट डेस्टिनेशन म्यारिजका लागि परिचित यो होटलमा वार्षिक ३०–४० विवाह कार्यक्रमहरू सञ्चालन हुन्छन् । साथसाथै, क्यासिनो सेवा लिन आउने भारतीय पर्यटकहरूको हब पनि बन्दै गएको छ ।

सडक र हवाई मार्गबाट भारतसँगको दूरी नजिक भएकाले होटल भविष्यमा भारत–नेपाल ट्रान्जिटको मुख्य केन्द्र बन्ने सम्भावना रहेको र त्यसैले पाँचतारेमा स्तरोन्नती गरिएको वाग्लेले बताएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...