म निराश होइन आशा चाँही छर्न चाहन्छु : अध्यक्ष ढकाल
उद्यमी व्यवसायीको मनोबल अझै बढ्न सकेन्
वि.सं.२०८१ चैत २८ बिहीवार
काठमाडौं । यसैगरी उद्योग वाणिज्य महासंघमा अध्यक्ष चन्द्र ढकालले उद्यमी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको बताएका छन् । उनले जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारिमा अवसरहरु सिर्जना गर्न सक्दैनौं निराशलाई आशामा बदल्न नसकिने बताए ।
उनले भने, ‘उद्मी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको देशभरका करिब २४० संस्थाहरुसँग गरेको सर्वेक्षणमा देखाएको छ । यो प्रतिवेदन महासंघ छिट्टै सार्वजनिक समेत गर्नेछ ।
व्यक्तिगत रुपमा भन्ने हो भने म निराश होइन आशा चाँही छर्न चाहन्छु । अवस्था सुधारन्मुख छ, तर हाम्रा युवाहरुको चाहना पूरा गर्न अहिलेको सुधार प्रर्याप्त छैन् ।
जबसम्मदेशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीमा अवसरहरु सिर्जना गर्न सक्दैनौं निराशलाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराश त्यसकै परिणाम हो । ’
प्रकाशित समय : १४:०८ बजे






















